d

भ्रष्टाचार विरोधी एक मात्र पार्टी राप्रपा हो - लिङदेन 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काभ्रे, १४ भदौ– राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले भ्रष्टाचार रोक्न सक्ने एक मात्र पार्टी राप्रपा भएको बताएका छन्।  काभ्रेको भकुण्डेवेशीमा मंगलवार आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यसो भनेका हुन्।  

जनताले राप्रपालाई विश्वास गरकोले जनताले विश्वासमा धोका नहुने अध्यक्ष लिङ्गदेनले बताए।  

 'जनताले हामीमाथि भरोसा गरेका छन्, विश्वास कदापी धोकामा परिणत हुने छैन।' उनले बाचा गरे । 

लिङदेनले आगामी ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनबाट ठूला भनिएका दलहरुलाई बिदा गर्नुपर्ने उल्लेख गरे ।

ती दलका कारण मुलुक पछिल्लो तीन दशकयता बन्धक बन्दै आएको उनको भनाइ थियो । उनले आगामी निर्वाचनमा आफ्नो दललाई जिताउन अपिल गरे । पटकपटक असफल भएका भ्रष्ट नेतालाई नभई यसपटक राप्रपाका उम्मेदवारलाई जिटाउन लिङदेनले आग्रह गरे ।

आफू सबै प्रकारका अग्नि परीक्षामा खरो उत्रिएर आएको भन्दै उनले निष्ठा र संस्कारको राजनीतिक संकल्पका साथ अघि बढेको दाबी गरे । लिङदेनले भ्रष्टाचार गरेर खानु आमाको रगत चुसेर खाए सरह हुने उल्लेख गरे ।

‘एक रूपैयाँ भ्रष्टाचार गरेको कसैले प्रमाणित गरे म उसको नोकर भएर बस्न तयार छु,’ उनले भने, ‘थुक्क राप्रपा, राजेन्द्र लिङ्देन यो पनि चोर रहेछ भन्ने मौका तपाईंहरूलाई दिने छैन ।’

Views: