d

 भट्टराईले माओबादी छाडेकै हुन् त ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: झापाको गौरादह ४ का होमनाथ भट्टराईले नेकपा माओबादी केन्द्रको वडा सचिव पदबाट अचानक राजिनामा दिएको घोषणा गरेपछि पार्टीमा ठुलै भुइचालो गएको छ। पार्टीमा गुट र उपगुट मौलाएको भन्दै पदमा वसेर काम गर्न नसकिने अवस्था आएकोले वडा सचिवको जिम्मेवारीबाट अलग्गिएको बताएका हुन्। 

२०५४ साल देखि अविछिन्न रुपमा क्रियाशील रहेका भट्टराईले निर्वाचनको मुखमा आएर जिम्मेवारी त्याग गर्नुलाई असामान्य मानिएको छ।

यस अघि नगर अध्यक्ष डन्डिराज घिमिरेले राजनीतिक जिम्मेवारी छाडेको भन्दै सामाजिक संजालमा लेखेका थिए।  बैशाख ३० मा सम्पन्न स्थानिय निर्वाचनमा माओबादी केन्द्रको तर्फबाट उपमेयरको प्रत्यासी उम्मेदवार रहेका पुष्प ढकालले समेत अवको दिन स्वतन्त्र जीवनयापन गर्ने बताई सकेका छन्। आफ्नैबाट धोका पाएको आरोप लगाउदै ढकालले स्थानिय निर्वाचनको परिणाम आफु विरुद्द आए लगत्तै दल परित्याग गरि स्वतन्त्र रहने बताएका थिए।  

वडा कार्यसमिति सचिव भट्टराईले सामाजिक संजाल लामो स्टाटस लेख्दै पद परित्याग गरेको घोषणा गरेका छन्।  

 

उनको फेसबुक स्टाटस जस्ताको त्यस्तै: 
  

२०५४ सालदेखि नेकपा माओवादि निकट अखिल क्रान्तिकारी वाट राजनिति शुरु गरेको हुँ। त्यस यता अविछिन्न रुपमा संगठन तथा पार्टिले लाए अर्हाएका जिम्वेवारि आफ्नो तथा साथिभाईको सहयोगमा निरन्तर पूरा गर्दै आएको थिए ,छु। हाल गौरादहमा माओवादि केन्द्र भित्र कार्यकर्ता भन्दा वढि गुटभइरहेका छन।सवै गुटका नेताहरुलाई शुभकामना आफ्नो गुट वनाउनुहोस पार्टि सकिए केही हुदैन । हाल नगर पार्टि नेत्रित्वले राजिनामा दिएको कुरा यसै संजाल मार्फत जानकारिमा आएकै विषय हो।यसै सन्दर्भमा सवै गुटका नेताहरुआफुले लाए अर्हाएका काम फत्ते गर्ने साथिहरुलाई जिम्वेवारि दिनुहोला फेरिपनि शुभकामना।
            यस‌ै सन्दर्भमा आजकै दिन देखि म वडा कमिटिको सचिवको जिम्वेवारिवाट राजिनामा दिएको घोषणा गर्दछु। 
           क्रमश अरु भोलि

 

No description available.

Views: