d

प्रथम वडाध्यक्ष नकआउट फुटबल प्रतियोगिताको उपाधि खदम एफसीलाई 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सुन्दरहरैंचा । सुन्दरहरैंचा ५ मा सम्पन्न प्रथम वडाध्यक्ष नकआउट फुटबल प्रतियोगिताको उपाधि खदम एफसी केराबारीले जितेको छ । मंगलबार भएको फाइनल खेलमा केराबारीकै कुसुमे साइनिङ युवा क्लवलाई ० का विरुद्ध २ गोलले पराजित गर्दै खदम एफसीले उपाधि जितेको हो । उसका लागि पहिलो हाफमा सुजन मगर र दोश्रो हाफमा प्रवेश गौतमले १ १ गोल गरे । विजेता खदम सेमीफाइनलमा शान्तिनगर फुटबल क्लव इटहरीलाई पराजित गर्दै फाइनलमा पुगेको हो भने उपविजेता बन्न सफल कुसुमे युनीटि एफसी हलगडा इटहरीलाई पराजित गर्दै फाइनलमा पुगेको थियो । 
उपाधि विजेता खदमले ट्रसीसहित नगद ३० हजार हात पारेको छ भने उपविजेता कुसुमेले नगद १५ हजार पाएको छ । फाइनल खेल समारोहका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिका प्रमुख केदारप्रसाद गुरागाईं, अतिथिहरु सुन्दरहरैंचा ५ का वडाध्यक्ष गणेश चौधरी, सुन्दरहरैंचा ४ का वडाध्यक्ष कैलाश बस्नेत र सुन्दरहरैंचा ६ का वडाध्यक्ष सन्तोष लिंदेन, सुन्दरहरैंचा ५ का वडासदस्य घनश्याम घले गुरुङ, श्याम खनाल, सुन्दरहरैंचा ६ की वडासदस्य गीता अधिकारी लगायतले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई ट्रफि तथा पुरस्कार प्रदान गर्नुभयो । भदौ ३ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा आयोजक बूढासुब्बा युवा क्लव सुन्दरहरैंचा ५, सिद्धार्थ युवा समाज क्लव सुन्दरहरैंचा ६, गछिया फुटबल क्लव सुन्दरहरैंचा ३, तालतलैया फुटबल क्लव इटहरी, योङ व्बाइज तरहरा, युनीटी एफसी हलगडा इटहरी, सूर्योदय युवा क्लव सुन्दरहरैंचा ४, कुसुमे साइनिङ युवा क्लव केराबारी, शन्तिनगर फुटबल क्लव इटहरी, योङ स्टार इलाभेन भाउन्ने र खदम एफसी केराबारी गरि १२ वटा टीमको सहभागिता रहेको थियो । फाइनल खेलसँगै भएको औपचारिक कार्यक्रमदलाई सम्बोधन गर्दै सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदार प्रसाद गुरागाईंले खेल क्षेत्रको विकासलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले नगरपालिकाको आयोजनामा लिग फुटबल प्रतियोगिता सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

No description available.

 

No description available.

 

No description available.

 

 

 

 

Views: