d

किसान नेता रामहरी नेपाल प्रदेश सभा उम्मेदवार सिफारिस

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा संघीय निर्वाचनमा झापा क्षेत्र न. १ अन्तर्गतको प्रदेश निर्वाचन क्षेत्र 'ख' को लागि झापा धुलावारीका  रामहरी नेपालको नाम सिफारिस गरिएको छ।   अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्र केन्द्रिय कार्यालयको बैठकले मेचीनगर १० निवासी रामहरी नेपालको नाम सिफारिस गरेको हो।  कृषिलाई आधुनिकीकरण गर्नका लागि लामो समय देखि संघर्षरत कृषक नेता नेपाल  पछिल्लो समय सामुहिक खेति र जडिबुटी खेती निकै सक्रिय रहदै आएका छन्।  

विगत २ दशक देखि कुरिल्लो खेति, जडिबुटी खेती, वन पैदावारको महत्व जस्ता विषयमा औपचारिक तथा अनौपचारिक तालिम/ प्रशिक्षण प्रदान गर्दै आएका नेता नेपाललाई महासंघले प्रदेश सभामामा उम्मेदवार बनाए संगै राजनीतिक वृत्तमा राम्रै चर्चामा रहेका छन्।   

Views: