d

रोकियो निलम्बित प्रधानन्यायधीश राणाको आजकाे बयान

Views:
Responsive Image Gallery
Responsive Image Gallery


काठमाडौं । संसदमा महाअभियोग दर्ता भएपछि निलम्बित बनेको प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको आज दोस्रो दिनको बयान सकिएको छ ।  महाअभियोग सिफारिस समितिले दोस्रो दिन २ वटा मात्र प्रश्न सोधेको थियो । समितिले करिब २ घन्टा बयान लिएपछि अर्को बैठकसम्मको लागि राणाको बयान स्थगित गरेको छ । समितिले अर्को बैठक भदौ १९ गतेको लागि बोलाएको छ । 

महाअभियोग सिफारिस समितिले ४४ वटा प्रश्न तयार पारेको छ, जसमध्ये आजसम्म ६ वटा प्रश्न सकिएको छ ।  बुधबारदेखि राणाको बयान जारी छ । उनले आफूविरुद्धको महाअभियोग निष्क्रिय भइसकेको दाबी गरेका छन् । भने राजनितिक नियुक्तिले न्यायलयमा बेथिति बढेको भएको बयान दिएका छन् ।

Views: