d

एमाले अध्यक्ष ओली शुक्रवार विराटचोक आउने , जेसीज सम्मेलन उद्घाटन गर्ने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

विराटचोकः नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलनको उद्घाटन गर्न पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार विराटचोक आउने भएका छन् । मोरङको सुन्दरहरैंचा नगरपालिका स्थित इनद्रपुर जेसीज मंगल स्मृति प्रतिष्ठान सामुदायिक भवनमा जेसीजको क्षेत्र क सम्मेलनको ११ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक आतिथ्यता शाखा इन्द्रपुर जेसीजले पत्रकार सम्मेलन मार्फत जनाएको छ । ओली प्रमुख अतिथिको रुपमा यहाँ आउन लागेका हुन् । शुक्रबार र शनिबार सम्मेलन हुँदै छ । क्षेत्र ‘क’ मा ४३ वटा शाखाहरू रहेका छन् । यी शाखाबाट सम्मेलनमा ६ सय भन्दा धेरै सहभागी हुने आयोजकले जनाएको छ।  

Views: