d

देशले आदर्श व्यक्ति खोजिरहेको छ - ओली 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने एउटा आदर्श व्यक्ति खोजिरहेको बताएका छन् । देशमा एउटा असल र सक्षम व्यक्तिको खाँचो रहेको हुँदा शासन उनलाई सुम्पिन चाहेको उनले बताए ।

No description available.तस्बिर: राजु पौडेल 


शुक्रबार मोरङको सुन्दरहरैँचास्थित जेसीज भवनमा आयोजित नेपाल जेसीज क्षेत्र ‘क’ सम्मेलनलाई प्रमुख अतिथि रहेका ओलि कार्यक्रममा  बोल्दै  यस्तो बताएका हुन् ।
देश अरु कसैले नबनाएर आफैँले बनाउनुपर्ने उनको भनाइ थियो । उनले नेतृत्व विकासमा जोड दिन आग्रह गरे । यो देशलाई आर्थिक, सामाजिक, संस्कृतिक, राजनीतिक, साहित्यिक, कलात्मक विषयमा लिड गर्न सबै लाग्नुपर्ने उनको भनाइ थियो ।
जेसीजको क्षेत्र ‘क’ सम्मेलन भोलिसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

Views: