d

शुभलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाकाे प्रतिबेदन सार्वजनिक 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

प्रतिबेदन अनुसार संस्थाकाे शेयर पुँजी ८ कराेड १८ लाख ६० हजार जगेडा काेषमा ४ कराेड ७८ लाख ९५ हजार २ सय ४५ रहेकाे जानकारी गराएका थिए। कुल सम्पत्ति ७२ कराेड १६ लाख ७६ हजार ७ सय ६१ रहेकाे संस्थाले ५७ कराेड ७६ लाख ७६ हजार २ सय ३९ ऋण लगानी गरेकाे र १ कराेड ७६ लाख ५२ हजार ८ सय ३७ खुद नाफा गरेकाे

 

झगेन्द्र खड्का 
गौरादह/झापाकाे गौरादह -१ स्थित शुभ लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाले संस्थाकाे २४  औं बार्षिक साधारणसभाका लागि तयार गरेकाे प्रतिबेदन पत्रकार सम्मेलन गरि सार्वजनिक गरेकाे छ। संस्थाकाे कार्यलय भवनको सभाहलमा संस्थाका संचालक समिति र लेखा समितिका पदाधिकारीहरुले प्रतिबेदन सार्वजनिक गरेका हुन। पत्रकारहरु समक्ष प्रतिबेदन सार्वजनिक गर्दै अध्यक्ष प्रकाश कार्कीले आर्थिक बर्ष ०७८/०७९ मा संस्थाकाे बित्तीय बिबरणकाे बारेमा जानकारी गराएका थिए। 
प्रतिबेदन अनुसार संस्थाकाे शेयर पुँजी ८ कराेड १८ लाख ६० हजार जगेडा काेषमा ४ कराेड ७८ लाख ९५ हजार २ सय ४५ रहेकाे जानकारी गराएका थिए। कुल सम्पत्ति ७२ कराेड १६ लाख ७६ हजार ७ सय ६१ रहेकाे संस्थाले ५७ कराेड ७६ लाख ७६ हजार २ सय ३९ ऋण लगानी गरेकाे र १ कराेड ७६ लाख ५२ हजार ८ सय ३७ खुद नाफा गरेकाे अध्यक्ष कार्कीले पत्रकारहरु समक्ष सार्वजनिक गरेका छन । पत्रकार सम्मेलनमा संचालक समितिका तर्फबाट अध्यक्ष कार्कीले संस्थाका निति तथा कार्यक्रम संस्थाले अवलम्बन गरेका भाबी याेजना ,रणनीति तथा कार्यक्रमहरुका बारेमा जानकारी गराएका थिए। 
संस्थाले यसै आर्थिक बर्षबाट सदस्यहरुलाई आर्थिक काराेवारमा सहजताका लागि भिजा कार्ड माेवाइल बैंकिङ लागयतका सुबिधा संचालन गरेकाे जानकारी गराएका थिए। संस्थाले सेयर सदस्यलाई दुर्घटना मृत्यु बिमा, घातक राेग लागेमा सदस्यलाई उपचार सहयाेग,सदस्य मृत्यु राहात सुबिधा लगायत ३० भन्दा बढी सुबिधा सदस्यहरुलाई प्रदान गरिरहेकाे जानकारी गराए। संस्थाले ५२ लाख १३ हजार ४ सय ८ रुपैयाँ सरकारलाई कर बुझाएको जानकारी गराएका छन। 
संस्थाले नगरपालिका भित्रका मुख्य बजार र गौरीगंज बजार सहित ७ स्थानमा आगाे निभाउन अग्नी प्रतिरोधात्मक सामग्री व्यवस्था गरेकाे जानकारी गराए।२०५५ सालमा स्थापना भएकाे संस्थाले हाल सम्म गौरादह नगरपालिकाकाे  बैगुन्धुरा र चप्रामारी बजारमा सेवा केन्द्र खाेली संचालनमा ल्याएकाे र स्कुलचौन, दामुना, ग्वालडुब्बा, पाडाजुँगी र  गौरीगंज  लगाएतका क्षेत्रमा सेवा केन्द्र स्थापना गरि नागरिकलाई सेवा दिने लक्ष्य रहेकाे संस्थाका सचिब हेम चन्द्र घिमिरेले जानकारी गराए।

Views: