d

सुनसरीमा दुईहजारभन्दा बढी एमाले प्रवेश

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सुनसरी । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मंसीर ४ पछि एमालेले बहुमतको सरकार बनाउने वताउनुभएको छ । 
सुनसरीको दुहवीमा बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले देशलाई विकास र समृद्धितर्फ अघि बढाउन एमालेको बहुमतको सरकार आवश्यक रहेको वताउनुभयो ।  गठबन्धन सरकारले एक बर्षमै देशलाई कङ्गाल बनाउन लागेको अध्यक्ष ओलीको भनाई थियो । 
एमालेको सरकार बनेपछि लिम्पियाधुरा लिपुलेक, कालापानी सहितको हाम्रो भूभाग फिर्ता लिने प्रक्रिया अघि बढाइने अध्यक्ष ओलीले बताउनुभयो । उहाँले रोकिएका विकास निर्माणका कार्यलाई सुचारु गराएर देशलाई समृृद्ध बनाइने छ भन्नुभयो ।    अध्यक्ष ओलीले सुनसरी क्षेत्र नम्बर ३ बाट भगवती चौधरीले दुई पटक जितेर पनि हार्नुपरेको बताउनुभयो । 
प्रहरी प्रशासन, राज्यशक्तिको दुरुपयोग गरेर बाकस साटेर, धाँधली गरेर, चौधरीलाई जित्दा जित्दै हराएको उहाँको भनाई थियो । 
उहाँले राष्ट्रसेवक कर्मचारीलाई निष्पक्ष हुन आग्रह गर्नुका साथै पार्टीका कार्यकर्तालाई जनताले दिएको मतको सुरक्षा गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो–‘जनताले दिएको मतको सुरक्षा गर्न एमाले कार्यकर्ता गड्यौलो जस्तो बन्ने होइन यसो छुने बित्तिकै लुसुक्क पछि सर्ने, दुईवटा दाँत भएको कहिले काहीँ डस्ने खालको हुनुपर्यो ।’
एमाले केन्द्रीय सदस्य भगवती चौधरीले आफूले दुई पटक निर्वाचनमा जितेर पनि अनेक जालझेल र षडयन्त्र गरेर हराइएको बताउनुभयो । सुनसरी–३ का जनता परिवर्तन, विकास र समृृद्धिको पक्षमा रहेको हुनाले विकास र समृृद्धिको नेतृत्वका लागि  एमालेलाई जिताउन यहाँका जनता मंसीर ४ को पर्खाइमा रहेको बताउनुभयो ।


दुईहजारभन्दा बढी एमाले प्रवेश
कार्यक्रममा अध्यक्ष ओलीले सुनसरी क्षेत्र नम्वर ३ बाट एमाले प्रवेश गर्ने व्यक्तिहरुलाई स्वागत गर्नुभयो ।  
आज काँग्रेस नेता अशोक केसी, अमडुवाका पूर्व गाविस अध्यक्ष रामसेवक यादव, अमडुवाकी पूर्व वडाध्यक्ष शोभादेवी ऋषिदेव लगायत दुईहजार भन्दा बढी मानिस एमाले प्रवेश गरेका छन् ।


एमाले विकासप्रेमी पार्टी 
तीस बर्ष लामो जञ्जिर तोड्दै ३६ बर्षको काँग्रेस राजनीति परित्याग गरी एमाले प्रवेश गरेको नवप्रवेशी अशोक केसीले बताउनुभयो । 
साविकको सोनापुर गाविस नेपाली काँग्रेसको सभापति रहेका केसीले राष्ट्रप्रेमी ऐतिहासिक व्यक्तित्व केपी शर्मा ओलीबाट खादा लगाई एमाले प्रवेश गर्न पाउँदा आफूलाई गर्व लागेको उहाँले बताउनुभयो । 
एमाले जत्तिको विकासप्रेमी र शक्तिशाली पार्टी कुनै पनि नरहेको केसीको भनाई थियो । तीस बर्षसम्म एकै जना व्यक्तिलाई जिताए पनि सुनसरी– ३ ले विकासमा गति लिन नसकेको उहाँको भनाई थियो ।

Views: