d

ओली माथि काफ्लेले किन लगाए यस्तो आरोप, के गरे ओलीले ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: झापाको क्षेत्र न. ५ मा स्वतन्त्रबाट संघीय निर्वाचन लड्ने तयारी गरेका अधिवक्ता तुलसी काफ्लेले झापाको बाहरघरे स्थित रतुवा खोलामा निर्माण भएको पुल मापदण्ड विपरित रहेको भन्दै सजग रहन चेतावनी दिएका छन्।  खोलाको चौडाई भागलाई जवर्जस्ती चेपेर छोटो आकारको पुल निर्माण गरिएकोले उक्त पुलको कारण स्थानीयवासीहरुले बाढी प्रकोपको शिकार बन्नुपर्ने भन्दै उनले चेतावनी दिएका हुन्।

गौरादह नागरपालिका, कमल गाउँपालिका र दमक नगरपालिका सहित मोरंगवासीलाई प्रत्यक्ष लाभान्वित हुने गरि निर्माण गरिएको उक्त पुलको बारेमा काफ्लेले गम्भीर प्रश्न चिन्ह उठाएका छन्।  वाणिज्य कानुन र पूर्वाधार क्षेत्रको पेरिफेरीमा न्यायिक बहस गर्दै आएका अधिवक्ता काफ्लेले  कमजोर मोडालिटीका पूर्वाधार खडा गरेर जनतालाई नझुक्याउन आग्रह गरेका छन्।  

'डिपीआर भनेको के हो ? पूर्वाधार निर्माण गर्नुपुर्व स्थानियहरु संग कसले समन्वय गर्यो ? राज्यको करोडौं रकम सिध्याएर गरिने निर्माण कार्यको बारेमा गम्भीरता देखाउनु पर्दैन ?', उनले प्रश्न गरेका छन्।   

 ' जुनसुकै समयमा यस्ता खोलाहरु मडारिएर आफ्नो क्षमता प्रदर्शन गर्न सक्छन्।  दुवै तर्फबाट साघुरो पारेर निर्माण गरिएको पुलको कारण उच्च जोखिम निम्तिन सक्छ।', काफ्लेले भने। 

'खहरे खोलाहरु जति दक्षिण झर्छन् उतिनै फराकिला हुँदै जान्छन्, खोलाले ओगटेको क्षत्रफलकै आधारमा पुलहरु निर्माण गरिनु पर्छ।', पर्दाफास संग कुरा गर्दै उनले भनेका छन्।       

पूर्व प्रधानमन्त्री के पी ओली तर्फ व्यग्य गर्दै काफ्लेले भने, ' काँसघारीमा करिडोर उद्घाटन गर्न आएका ओलीले रतुवालाई पाता कसेको भनेछन्, जनतालाई उल्लु पारेछन्।  'पूर्वाधार बारे अध्ययन नगरेको कस्तो विदेशी इन्जिनियार ल्याउछन् हौ ओली जी ले ?'
 

Views: