d

झापा ५ बाट ओली लड्ने निश्चित, अरु को को लड्दै ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पर्दाफास/ २०  भदौ २०७९, सोमवार, झापा: पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष के पी ओली संघीय संसदको लागि एकल उम्मेदवार सिफारिस भएका छन्।   भावी प्रधानमन्त्रीको रुपमा समेत घोषणा गरिएका अध्यक्ष ओलीले आफ्नो साविककै क्षेत्र  झापाको क्षेत्र न. ५ बाट उमेद्वारी दिने भएका हुन्। 

आज बसेको झापा क्षेत्र न. ५ क्षेत्रीय कमिटि अन्तर्गतको क्षेत्रीय समन्य समितिको बैठकले ओलीलाई सर्वसम्मत उम्मेदवार घोषणा गरेको बताइएको छ।  

उम्मेद्वारी घोषणा गरिएसंगै निर्वाचन प्रचार प्रसारको कार्यक्रम तिब्रताका साथ संचालन गरिने नेकपा एमाले गौरादहका इन्चार्ज नगेन्द्र भण्डारीले बताउछन्।  

नेपाली कांग्रेस सहितको सत्ताधारी गठबन्धन समूहले कसलाई साझा उम्मेदवार उठाउने भन्ने अहिले सम्म निश्चित देखिएको छैन।  प्रदेश सभा अन्तर्गत क्षेत्र न. ५ 'क' र 'ख' का लागि उम्मेदवार सिफारिस गरिसकेको  नेपाली काँग्रेसले संघीय निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ मा महेन्द्राकुमारी सुब्बा, डा.खगेन्द्रपाण्डव अधिकारी, विश्वदिप लिङ्देन, पदमबहादुर पौडेल र मेदनीप्रसाद सिटौलाको नाम सिफारिस गरेको छ । यि मध्ये कुनै एकजनाले टिकट पाउने बताईन्छ । 

गत निर्वाचनमा कांग्रेसका उम्मेदवार डा. खगेन्द्र पाण्डव अधिकारीले करिव २९ हजार मत ल्याउँदा एमाले र माओबादी केन्द्रको पार्टी एकता गरेर बनेको नेकपा (नेकपा) को तर्फबाट उम्मेदवार रहेका  ओलीले ५७ हजार भन्दा बढी मत प्राप्त गरि विजयी भएका थिए। उक्त निर्वाचनमा ओलीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत सघाएको थियो।  

 


 

Views: