d

बर्दियामा राप्रपा प्रवेशको लहर (तस्बिरहरु)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पर्दाफास/ २०  भदौ २०७९, सोमवार, बर्दिया । हजारौँको संख्यामा उपस्थित भएका बर्दियाली जनताको सहभागितामा जब ठाकुरबाबामा राप्रपाको बृहत आमसभा भयो तब अचम्मको दृश्य देखियो । 

हातमा नेपालको झण्डा र राप्रपाको चिन्ह अंकित प्लेकार्ड/झण्डा सहित नारा लाग्यो राजेन्द्र लिङ्देन जिन्दावाद, युवा नेता विनय रावल जिन्दावाद ।

बर्दियाका विभिन्न क्षेत्रबाट गाडीका गाडी, मोटरसाइकलको लहरको ताँती देखिन्थ्यो । उक्त कार्यक्रममा जनलहरको उल्लेख्य सहभागिता थियो । 

राप्रपाका कार्यकर्ता मात्र नभएर हजारौँ आम जनसमुदायलाई कार्यक्रममा राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देन, केन्द्रिय उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री डा. धवल शमशेर राणा, केन्द्रिय प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रिय प्रशिक्षण बिभाग प्रमुख खुश्बु ओली,लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदय, महिला संघकी अध्य्क्ष अन्जना शाह रावल र बर्दिया क्षेत्र नम्बर २ का राप्रपाको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार, समाजसेवी, बुद्धिजीवी तथा प्रभावशाली युवा नेताको रुपमा पहिचान बनाउन सफल 'भिजनरी' नेता विनय रावल लगायतका नेताहरूले सम्बोधन गर्नुभएको थियो ।

लोकप्रिय नेताको छबि बनाउन सफल विनय रावलले सम्बोधन गर्दा गडगडाहट तालीको वर्षा भएको थियो । सम्बोधन गर्दै उहाँले भन्नुभयो, "मलाई नेपाली कांग्रेसमा सौता जस्तो ब्यवहार गरिन्थ्यो। दुश्मन मानिन्थ्यो । म गर्छु बर्दियाको जनताको लागि, म जे गर्न सक्छु त्यो मात्र बोल्छु ।बि.बि.बि.( विकसित ब्यवस्थित बर्दिया ) मेरो सपना हो भन्दा मलाई असफल बनाउने प्रयास गरियो । सम्भावना बोकेको बर्दिया किन आज अभावमा छ ? बर्दियाको विकास गर्न सबैले मलाई सहयोग गर्नु हुन्छ भन्नेमा म पुर्ण विश्वस्त छु । यस जिल्लामा सबैभन्दा पिछडिएका थारु समुदाय हो थारु समुदायलाई अगाडि बढाउन हामी जिम्मा लिन्छौ । एक पटक मौका दिनुहोस सोचेको भन्दा बढी गरेर देखाउने छु र बि.बि.बि. सम्भव पनि छ। हो मैले हतार गरेकै हुँ बर्दियाली जनताको मुहारमा खुशीयाली ल्याउन हतार गरेको हुँ । भोट बेच्नु भनेको आफ्नो चेलीबेटी बेचेको सरह हो । तसर्थ मैले बर्दियालाई मन मुटु र मस्तिष्कमा राखेर अंगालेको छु अब बर्दियालीले मलाई मन मुटि र हृदयमा साथ दिनुहुन्छ भन्ने विश्वास गरेको छु ।"

राप्रपा बर्दियाको युवा संगठन प्रजातान्त्रिक युवा संघका बर्दिया अध्यक्ष शिव श्रेष्ठले करिब २ हजार भन्दा बढी नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका कार्यकर्ताले पार्टी प्रवेश गरेको जानकारी दिनुभयो ।

उहाँले नेपालकागजसँग कुरा गर्दै भन्नुभयो, "म राप्रपामा आवद्ध भएको १९ वर्ष भयो तर बर्दियामा यस्तो ऎतिहासिक प्रभावशाली कार्यक्रम पहिलो पटक भएको छ ।"

अध्यक्ष श्रेष्ठले युवा नेता विनय रावलको भिजनबाट प्रभावित आम जनसमुदाय र उहाँले गरेको समाजसेवाबाट प्रभावित अन्य पार्टीका खाँटी कार्यकर्ताले समेत पार्टी परित्याग गर्दै नेता रावलको एक आव्हानमा राप्रपा प्रवेश गरेको बताउनुभयो ।

उहाँका अनुसार विनय रावलको भिजन र सेवाका कारण राप्रपा बर्दियामा शक्तिशाली भएर अगाडि आएको छ ।https://www.nepalkagaj.com बाट 

May be an image of 4 people and people standing

 

May be an image of one or more people, people standing and crowd

 

May be an image of 2 people, people standing, people sitting and crowd

 

May be an image of 3 people and people standing

 

May be an image of 3 people and people standing

 

May be an image of 3 people and people standing

 

May be an image of 6 people and people standing

 

May be an image of 3 people and people standing

 

May be an image of 3 people and people standing

 

May be an image of one or more people, people sitting, people standing, outdoors and crowd

 

May be an image of 7 people and people standing

 

May be an image of 6 people and people standing

 

May be an image of 4 people and people standing

May be an image of 7 people and people standing

 

May be an image of 6 people, people sitting and people standing

May be an image of 4 people and people standing
 

Views: