d

झापा ५ मा ओलीलाई काफ्लेको चुनौती - '२० हजार भोट ल्याएर देखाउ'

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष के पी ओली झापाको क्षेत्र न. ५ बाट संघिय संसदको लागि निर्वाचन लड्दै गर्दा ओलीले स्वतन्त्र उम्मेदवारको समेत चुनौती खेप्नु पर्ने भएको छ।  यसै क्षेत्रबाट अधिवक्ता तुलसी काफ्लेले ओली विरुद्द उम्मेद्वारी दिने उद्घोस गरिसकेका हुन्।  दलिय भागबण्डाको आधारमा अलोकप्रिय नेताहरु पुन: सत्तामा जान लागेका भन्दै उनीहरुलाई रोक्नकै लागि ओली विरुद्द उम्मेद्वारी दिएको काफ्ले बताउछन्।  

'राष्ट्रको लागि अयोग्य र अपरिपक्क नेताहरु अव विस्थापित हुनु पर्छ।', काफ्लेले भनेका छन्।  


नेपालमा बहुदलिय पद्दतीको विकल्प भने नरहेको काफ्ले बताउछन।

काफ्ले भन्छन्, 'दलिय व्यवस्थानै अन्तिम विकल्प हो तर नेपालमा मुख्य राजनीतिक दल र त्यसका नेतृत्वमा रहेकाहरु सच्चिनु पर्छ, उनीहरुलाई सच्याउनकै लागि निर्वाचनमा हामीले उनिहरुलाई पराजित गरेर देखाउनै पर्छ।'

आफु स्वयं महारानी झोडाबासी भएको र धनीपुर्जाविहीन हुँदा कस्तो हुन्छ आफैले भोगिरहेको भन्दै महारानी झोड़ाको जग्गा धनीपुर्जा सम्बन्धी समस्या चीरकाल सम्म सम्बोधन हुन नसक्नु दुर्भाग्यपूर्ण भएको बताउछन् । 

२ / ४ सय परिवारको बसोबासको ग्यारेन्टी गर्न नसक्ने व्यक्ति पुन: जित्ने अभिलाषा सहित उठ्न लागेको भन्दै काफ्ले दावी गर्छन्, 'महारानी झोडाबासीले नै यो पटक ओलीलाई हराउने छन्।'

'२ दिनमा सबै धनीपुर्जा प्रिन्ट गरेर ४ दिनमा वितरण गर्न सकिन्छ तर यहाँ त ओलीजीहरुले त्यही धनीपुर्जाको नाम लिएर राजनीति गरेको ३० वर्ष वितिसकेछ।  अव पनि महारानी झोडाबासी नसोचे कहिले सोच्ने ? हामीले धनीपुर्जा पाउन ओली जी कति पटक प्रधानमन्त्री बन्नु पर्छ ?', काफ्ले आक्रोश व्यक्त गर्छन्।  

पटक पटका राज्य सत्तामा पुगेर धलीमली गर्ने ओलीले महारानी झोडाबासीको धनीपुर्जा रोकेर राखेको आरोप लगाउदै काफ्ले भन्छन्, 'मैले भोगेको जमिन मेरो हो भन्ने अधिकार खोसिएका महारानी झोडाबासीको आँशुले ओलीलाई पोल्ने छ र यसको लागि पर्खिनु पर्दैन मङ्सिर ४ नै काफी छ।'

'गत निर्वाचनमा ओलीले झन्डै ५७ हजार मत प्राप्त गरेका थिए।  त्यो बेला कांग्रेसले २८ हजार मत ल्याएको हो।  राप्रपा र माओबादीको कृपा पाएका ओलीले त्यो बेला अलि बढी मत ल्याए होलान् तर अहिले सिनारियो अलग छ।  जनताले सबै बुझेका छन्।  यो पटक जित मेरै हो।  एमालेको झन्डै २० हजार मत यो पटक मलाई आउँछ।  बाँकी कांग्रेस, माओबादी र राप्रपाका भोट पनि मलाई आउने निश्चित नै छ।  यो पटकको निर्वाचनमा ओलीजीले २० हजार कटाउनु हुन्न ।  यो हामीले क्षेत्रभरी सर्वे गरेर निकालिएको तथ्यांक हो।', निर्वाचन जित्ने दावी गर्दै काफ्लेले भने।  

 

Views: