d

सन्दीप लामिछानेविरूद्ध नाबालिग बलात्कारको उजुरी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं, भदौ २२ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा प्रहरीमा जाहेरी परेको छ। क्रिकेटर लामिछानेविरुद्ध मंगलबार काठमाडौं प्रहरी परिसरमा एक किशोरीले जाहेरी दिएकी हुन्।


प्रहरी उच्च स्रोतका अनुसार नेपाली टोलीको नेतृत्व गर्दै केन्याविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङखला खेल्न भदौ ६ गते राजधानी नैरोबीतर्फ प्रस्थान गरेका लामिछानेले त्यसको अघिल्लो रात आफूमाथि जबर्जस्ती करणी गरेको किशोरीको जाहेरीमा उल्लेख छ । एक प्रशंसकका रूपमा लामिछानेसँग नजिकिएकी ति किशोरीले भदौ ५ गते लामिछानेसंग नगरकोट धुम्न गएको बताएकी छन् ।

नगरकोटबाट त्यही रात फर्किएर तिलगंगा क्षेत्रको एक होटलमा लगेर आफूलाई लामिछानेले जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ। लामिछाने हाल क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन्।

Views: