d

लिङदेनले नेपालका प्रधानमन्त्री विदेशीको योजनामा बन्छन् भने पछि..

Views:
Responsive Image Gallery
Responsive Image Gallery

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपालको प्रधानमन्त्री विदेशीहरुको योजनामा बनाइने गरेको बताएका छन्।

शुक्रबार विश्व ॐकार एकता महाअभियानको आयोजनामा काठमाडौंमा भएको ॐकार एकता राष्ट्रिय धर्म सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले नेपालको प्रधानमन्त्री विदेशीहरुको चासो र योजनामा बनाइने गरेको बताएका हुन्। 

उनले नेपालको विषयमा निर्णय गर्ने कुरा विदेशीहरुको हातमा रहेको बताए। उहाँले मन्त्रीहरु को बनाउने र आगामी निर्वाचनमा कुन पार्टीलाई जिताउने भन्ने कुरामा पनि विदेशीहरुको चासोको विषय हुने गरेको जिकिर गरे। अध्यक्ष लिङदेनले हिन्दुराष्ट्र समाप्त पार्नेहरुको अभिष्ट अझैपनि पूरा भइ नसकेको टिप्पणी गरे। 

उनले भने,  ‘जसले हाम्रो सांस्कृतिक पहिचानहरुमाथि आक्रमण गर्न अथवा हामीलाई विभाजित हुन सिकायो, जसले हिन्दुराष्ट्र समाप्त गर्न हामीलाई नै प्रयोग गर्‍यो तिनीहरुको अभिष्ट अहिले पनि पूरा भएको छैन। यतिले उनीहरुलाई पुगेको छैन। आज तपाईहरुले याद गर्नुभएको छ कि छैन आज नेपालको निर्णायकत्व हाम्रो हातबाट फुस्कीएर गएको छ। आज नेपालको प्रधानमन्त्री को हुनुपर्छ, मन्त्री को हुनुपर्छ, आउने चुनावमा कुन पार्टीले जित्नुपर्छ र को प्रधानमन्त्री हुनुपर्छ विदेशीहरुको चासो र योजनाको विषय बन्न थालेको छ। त्यसकारण यो धर्मको कुरो मात्रै होइन हाम्रो पहिचान, एकता, हाम्रो अस्तित्व र हाम्रो सार्वभौमिकताको प्रश्न हो हिन्दु राष्ट्र भन्ने कुरा।’

अध्यक्ष लिङदेनले नेपाललाई कसैको माग बिना नै धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको भन्दै त्यसो हुँदा पनि हिन्दु धर्मावलम्बीहरुले कुनै बिरोध गर्न नसकेका बताए। उनले हिन्दु राष्ट्र पुनःस्थापनाका लागि ॐकार परिवारको प्रयत्न र सक्रियतालाई अझै बढाउनुपर्नेमा जोड दिए।  file photo

Views: