d

एलिजावेथको निधनमा तीन दिन शोक मनाउने मन्त्रिपरिषदको निर्णय

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ । एलिजावेथको निधनमा तीन दिन शोक मनाउने मन्त्रिपरिषदको निर्णय गरेको छ । संयुक्त अधिराज्य बेलायतकी महारानी द्वितीयाको निधनप्रति नेपालले तीन दिन शोक मनाउने भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।

दिवंगत महारानीको सम्मानमा यही भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ।

बेलायतकी महारानी एलिजावेथको ९६ वर्षको उमेरमा हिजो भदौ २३ गते निधन भएको थियो। उनको निधनप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ।

सरकारले दुःखद घडीमा बेलायत सरकार, बेलायती जनता एवं शोक सन्तप्त बेलायती राजपरिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।

Views: