d

बिपि जयन्तीका अवसरमा बिद्यार्थीलाई पाठ्य सामग्री बितरण 

Views:
Responsive Image Gallery
Responsive Image Gallery


जेबि खड्का 
गौरादह/नेपाली कांग्रेसका नेता तथा जननायक बिपि काेईरालाकाे जन्म जयन्तीकाे अवसरमा बिद्यालयका बिद्यार्थीहरुलाई पाठ्य सामग्री बितरण गरिएकाे छ। नेपाली कांग्रेस गौरादह नगरपालिका वडा नं -८ वडा समितिकाे आयाेजनामा अरुणाेदय आधारभूत बिद्यालयमा अध्यानरत बिद्यार्थीहरुलाई पाठ्य सामग्री बितरण गरिएकाे छ। 
नेपाली कांग्रेसले वडा नं -८ काे अरुणाेदय आधारभूत बिद्यालयमा बिपि जयन्ती मनाउदै बिद्यालयमा अध्यानरत १ सय ६ जना बिद्यार्थीहरुलाई कापी र बलपेन बितरण गरेकाे हाे। कार्यक्रममा मन्तव्य राख्ने अधिकांश वक्ता बिपि काेईरालाले मुलुक र जनतामा पुर्याएकाे याेगदानकाे चर्चा गरेका थिए। 
प्रजातान्त्रिक समाजवादी नेता बिपि काेईरालाले प्रतिपादन गरेकाे सिद्धान्त  प्रजातान्त्रिक समाजवादलाई अंगिकार गरेर अगाडि बढेमा मुलुक समृद्धिकाे दिसामा जान सक्ने धारणा राखेका थिए। कार्यक्रमका प्रमुख अतिथि नेका महादिबेशन प्रतिनिधि तथा प्रदेश सभा प्रत्यासी उमेदवार अनिल कृष्ण प्रसाईंले बिपि जयन्तीकाे अवसरमा पार्टीले प्रत्येक बर्ष कार्यक्रम गर्दै आएकाे र बिद्यालयमा बृक्षाराेपण तथा पाठ्य सामाग्री बितरण गर्दै आएकाे बताएका छन। 
महाधिवेशन प्रतिनिधि राेहित कुमार शाह, नेका क्षेत्र नं -५ का क्षेत्रीय सभापति ढुण्डी भण्डारी र पार्टीका प्रदेश -१ का प्रदेश सभापति जीवन कुमार राई, वडा नं -८ का वडाध्यक्ष गणेश राजवंशी लगायतले शुभकामना मन्तब्य राखेका थिए। क्षेत्रीय सदस्य निर्मला रिमालले स्वागत मन्तब्य राखेकाे कार्यक्रममा क्षेत्रीय सचिब सूर्य भक्त सिटौलाले कार्यक्रम संचालन गरेका थिए।कार्यक्रम नेपाली कांग्रेस वडा नं -८ का वडा सभापति बेद प्रसाद सुवेदीकाे सभापतित्वमा सम्पन्न भएकाे थियाे।

Views: