d

शुभलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाकाे २४ औं साधारणसभाबाट अध्यक्षमा कार्की सर्वसम्मत चयन ।

Views:
Responsive Image Gallery
Responsive Image Gallery


जेबि खड्का 
गौरादह/गौरादह -१ स्थित शुभलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाकाे अध्यक्षमा प्रकाश कार्की सर्वसम्मत चयन भएका छन।  संस्थाकाे २४ औं चुनावी बार्षिक साधारणसभाबाट आगामी कार्यकालका लागि कार्की पुन अध्यक्षमा चयन भएका हुन। अघिल्लो पटक पदाधिकारीहरु निर्वाचन प्रक्रियाबाट निर्वाचित भएपनि संस्थाकाे २४ औं साधारणसभामा सबै पदाधिकारीहरु सर्वसम्मत चयन हुन सफल भएका छन। 
संस्थाकाे उपाध्यक्षमा भिम बिजय बाँस्तोला सचिबमा हेमचन्द्र घिमिरे राजु, काेषाध्यक्षमा नारायण कुमार कार्की सर्वसम्मत चयन भएका छन। समितिका सदस्यहरुमा कुन्दन गिरी, गाेपिनाथ धमला, डिल्ली प्रसाद रिजाल, महानन्द पाेख्रेल, रुद्र कुमार दाहाल, मन्जु अधिकारी, मनमाया राई, शिव कुमारी दाहाल र साबित्रा कटुवाल सर्वसम्मत चयन भएका छन। त्यसै गरि लेखा सुपरिवेक्षण समिति संयाेजकमा स्याम दाहाल र सदस्यमा तारा निधि नेपाल सर्वसम्मत चयन भएका छन। 
सामुदायिक भवनको सभाहलमा सम्पन्न २४ औं बार्षिक साधारणसभामा संस्थाका अध्यक्ष प्रकाश कार्कीले संस्थाकाे आर्थिक बर्ष ०७८/०७९ काे बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए। संस्थाका काेषाध्यक्ष बिरेन्द्र बस्नेतले संस्थाकाे शेयर पुँजी ८ कराेड १८ लाख ६० हजार जगेडा काेषमा ४ कराेड ७८ लाख ९५ हजार २ सय ४५ रहेकाे प्रतिबेदन प्रस्तुत गरेका थिए। 
संस्थाकाे कुल सम्पत्ति ७२ कराेड १६ लाख ७६ हजार ७ सय ६१ रहेकाे संस्थाले ५७ कराेड ७६ लाख ७६ हजार २ सय ३९ ऋण लगानी गरेकाे र १ कराेड ७६ लाख ५२ हजार ८ सय ३७ खुद नाफा गरेकाे काेषाध्यक्ष बस्नेतकाे प्रतिबेदनमा उल्लेख गरिएकाे छ। साधारणसभाकाे अवसरमा शुभलक्ष्मी शैक्षिक प्राेत्साहन पुरस्कारबाट सामुदायिक र संस्थागत बिद्यालयबाट कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने सेयर सदस्यका छाेराछाेरीहरु २ जना जनही ४ हजार र प्रसंसा पत्रबाट सम्मान गरिएकाे थियाे। 
सम्मानित हुनेमा सामुदायिक तर्फबाट ज्याेति मा.बि. ईटहरीमा अध्यन गरेका श्रीहरी पौडेल र संस्थागत तर्फबाट सेन्ट जेभियर कलेज काठमाडौंमा अध्यन गरेका प्रतीक काेईराला रहेका छन। उद्येमसिल सेयर सदस्य तर्फ २३ जना सम्मानित भएका छन। कर्मचारी तर्फ बिना बस्नेत नगद ५ हजार ५ र प्रसंसा पत्रद्वारा सम्मानित भएकी छन।संस्थाले यसै आर्थिक बर्षबाट सदस्यहरुलाई आर्थिक काराेवारमा सहजताका लागि भिजा कार्ड माेवाइल बैंकिङ लागयतका सुबिधा संचालान गरेकाे छ। 
संस्थाले सेयर सदस्यलाई दुर्घटना मृत्यु बिमा, घातक राेग लागेमा सदस्यलाई उपचार सहयाेग,सदस्य मृत्यु राहात सुबिधा लगायत ३० भन्दा बढी सुबिधा सदस्यहरुलाई प्रदान गरिरहेकाे संस्थाका व्यवस्थापक तिलक कार्कीले जानकारी गराए।२०५५ सालमा स्थापना भएकाे संस्थाले हाल सम्म गौरादह नगरपालिकाकाे  बैगुन्धुरा र चप्रामारी बजारमा सेवा केन्द्र खाेली संचालनमा ल्याएकाे र स्कुलचौन, दामुना, ग्वालडुब्बा, पाडाजुँगी र  गौरीगंज  लगाएतका क्षेत्रमा सेवा केन्द्र स्थापना गरि नागरिकलाई सेवा दिने लक्ष्य रहेकाे संस्थाका सचिब हेम चन्द्र घिमिरेले जानकारी गराए।

Views: