d

 राप्रपा देशकै ठुलो पार्टी बन्ने निश्चित छ  - राजेन्द्र लिङ्देन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी राष्ट्रिय पार्टी मात्र नभएर देशकै ठूलो पार्टी बन्ने बताएका छन् ।शुक्रबार  ललितपुर जिल्ला कार्यसमितिले महालक्ष्मी नगरपालिकामा आयोजना गरेको जिल्ला स्तरीय राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसो भनेका हुन् ।

कार्यक्रमको प्रमुख अतिथि रहेका लिङ्देनले देश निर्वाचनको सँघारमा भएकाले त्यसैलाई ध्यानमा राखेर देशव्यापी रूपमा प्रशिक्षण कार्यक्रम भइरहेको उल्लेख गरे ।  ‘हाम्रो पार्टी पहिला ठूलो थियो,अहिले झन झन खिइँदै गएको छ, कार्यकर्ताहरू अरू पार्टीका कार्यकर्ताजस्तै खटिइँदै आए पनि हामी किन सफल हुन सकेका छैनौँ ? यसको कारण खोज्न पनि प्रशिक्षण जरुरी रहेको।', लिङ्गदेनले भने। 

निर्वाचनमा अन्य राजनीतिक शक्ति संग मिलेर जानुको विकल्प नरहेको भन्दै उनले पार्टीलाइ शक्तिशाली बनाउनको लागि समय र परिस्थिति अनुकुलका विकल्पहरु खोजी गर्नुपर्ने बताए।  

 

 

 

Views: