d

उपाध्यक्ष नै एमाले प्रवेश, कमल थापालाई निर्वाचनको मुखमा धक्का

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्रवीर राय नेकपा एमालेमा प्रवेश गरेका छन् ।


राप्रपा नेपालका प्रभाबशाली नेता रायले निर्वाचनको मुखमा पार्टी छाडेर जाँदा थापालाई धक्का पुगेको छ । नेकपा एमाले संग निर्वाचनमा सहकार्य गर्न खोजीरहेका थापाकै उपाध्यक्षलाई ओलीले लगेपछि सहकार्यमा पनि शंका उत्पन्न भएको थापा निकट एक नेताले बताए ।


यस अघि पनि थापाको साथमा रहेका प्रभाबशाली नेताहरु दिलबिलास राजभण्डारी , चन्द्र बहादुर गुरुङ्ग , उद्धब पौडेल पदम तमाङ्ग,कमल बम लगायतका नेताले साथ छाडेका थिए ।

कर्णाली विकास बैंकका अध्यक्ष रहेका राय २०७४ सालको निर्वाचनमा सल्यानबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए । photo: News polar

Views: