d

मिर्गौलापीडितलाई भेट्न नर्भिक अस्पताल पुगे प्रधानमन्त्री देउवा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटल पुगेका छन्।  

लामो समयदेखि मिर्गौला समस्याबाट पीडित भई हाल नर्भिक अस्पतालमा उपचाररत धनगढीका स्थायीबासी नरबहादुर बलायरलाई भेट्न प्रधानमन्त्री देउवा त्यहाँ पुगेका हुन्। 

शनिबार बिहान साढे ११ बजे नर्भिक अस्पताल पुगेका प्रधानमन्त्री देउवाले बलायरको स्वास्थ्य अवस्था र उपचारपछि भइरहेको प्रगति लगायतका विषयमा चासो दिए। 

करिब ५ मिनेट बलायर र उनका आफन्त तथा उपचारमा संलग्न चिकित्सक टिमसँग कुरा गरी प्रधानमन्त्री देउवा फर्किएका थिए। 

धनगढीका ८१ वर्षीय बलायर दुवै मिर्गौलामा समस्या भई केही दिनअघिदेखि नर्भिक अस्पतालमा उपचाररत छन्। 

Views: