d

झापा ५: माओबादीले कसलाई उठाउने?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा ।  नेकपा माओवादी केन्द्र झापा- ५ ले प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरु सिफारिस गरेको छ । 

प्रादेशिक निर्वाचन परिचालन कमिटी झापा- को बैठकले आगामी निर्वाचनको लागि प्रत्यक्ष र समानुपातिक तर्फका चार-चार जना उम्मेदवारहरु सिफारिस गरेको बताइएको हो ।

प्रत्यक्ष तर्फ झापा- ५ मा रञ्जित तामाङ, सुरेन्द्र बस्नेत, गगन पुरी र रमेश गुरागाईं सिफारिसमा परेका छन् । तामाङ र बस्नेत माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् भने पुरी प्रदेश समितिको कोषाध्यक्ष र गुरागाईं सदस्य हुन् ।

 प्रतिनिधि सभामा समानुपातिकतर्फ सन्तोष गौतम, राधिका ओझा, गणेशमान धिमाल र नरेन्द्र सावाँको नाम सिफारिस गरिएको बताइन्छ।  प्रदेश सभामा क्षेत्र नम्बर ५ (क) का लागि प्रत्यक्ष तर्फ रञ्जित तामाङ, सिताराम अधिकारी, माधव भट्टराई तथा समानुपातिक तर्फ हुकुम सिंह नेपाली र अनिसा झागर सिफारिसमा परेका छन् ।

क्षेत्र नम्बर ५ (ख) का लागि प्रत्यक्ष तर्फ गगन पुरी, वीरेन्द्र बस्नेत, वेदु गौतम र डम्बर पुलामी कर्मालाई सिफारिस गरिएको छ । समानुपातिकतर्फ भूमिका कोइराला र अजय अग्रवाललाई सिफारिस गरिएको छ ।

 

Views: