d

राप्रपा झापाले यसरी परिचालन गर्दैछ युवा ...

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: निर्वाचन नजिकिदै जाँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनाव प्रचारप्रसारलाई थप प्रभावकारी बनाउने भएको छ।  मङ्सिर ४ मा हुने संघीय र प्रदेश निर्वाचनको लागि राप्रपाले भाद्र ३१ गते भव्य समारोहको आयोजना गर्दै निर्वाचनमा युवा परिचालन गर्ने तयारी थालेको हो ।

 राप्रपा निकट युवक संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको जिल्ला अधिवेशनमा केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्गदेनले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।  

कार्यक्रममा झापाका १५ वटै पालिका बाट हजारौंको संख्यामा युवाहरु उपस्थित हुने बताउछन् राप्रयुसंघ झापा जिल्ला अध्यक्ष राजकुमार राई।  

हामी यो पटकको निर्वाचनलाई ऐतिहासिक बनाउदैछौं, अधिवेसन पश्चात लगत्तै निर्वाचन प्रचारप्रसारको तयारी सुरु हुनेछ।', अध्यक्ष  राईले बताए।  

युवाहरु माझ निकै लोकप्रिय रहेका राई स्वयम् पनि मङ्सिर ४ गते सम्पन्न हुने प्रदेश सभा निर्वाचनमा क्षेत्र न ३ 'क' बाट प्रत्यक्ष तर्फका उम्मेदवार हुन्। 

 


  

Views: