d

संविधान दिवसको अवसरमा एमालेले पदयात्रा गर्ने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेकपा (एमाले) ले संविधान दिवसको अवसरमा पदयात्रा गर्ने भएको छ । पार्टीले संविधान दिवसको अवसरमा आगामी असोज १ गते काठमाडौंका विभिन्न पाँच ठाउँबाट पदयात्रा निकाली वसन्तपुर पुगी समापन गर्नेछ ।

उपमहासचिव विष्णु रिमालले लामो राजनीतिक संघर्षपछि नेपाली जनताले संविधानसभाबाट संविधान पाएको विषयलाई त्यही उचाइमा महत्व दिनु आवश्यक देखिएकाले पार्टीले एउटा परम्पराको थालनी गर्न चाहेको र यस वर्ष पदयात्रा आयोजना गर्न लागिएको बताए ।

उनका अनुसार पदयात्रा बानेश्वर, मैतीदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट निस्कने छ । वसन्तपुरमा आयोजित सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । पदयात्रामा देशभक्त, सामाजिक क्षेत्र, पेशा, व्यवसायमा संलग्न तथा एमालेप्रति शुभेच्छा राख्ने हरूलाई सहभागिताका लागि आह्वान गरेको छ । - रासस  

Views: