d

राप्रपा प्रदेश – १ ले उम्मेदवार टुङ्गायो

Views:
Responsive Image Gallery
Responsive Image Gallery

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नम्बर -१ ले आगामी प्रदेश र प्रतिनिधि सभाका लागि पार्टीको तर्फबाट १४ जिल्लाका उम्मेदवारहरु टुङ्गाएको छ ।


प्रदेश अध्यक्ष राम थापाको अध्यक्षतामा बसेको बैठकले प्रदेशका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको हो । एमाले सँग तालमेल हुने चर्चा चलिरहेकै बेला राप्रपाले आफ्ना उम्मेदवारहरु टुङ्गाएको हो ।


प्रदेश अध्यक्ष राम थापाले पार्टी प्रती देखिएको लोकप्रियताका र यस अघिका निर्वाचनमा तालमेलका नाममा केही सिट लिएर सबै क्षेत्र छोडदा राष्ट्रिय पार्टी नभएको अनुभवका आधारमा पनि यो निर्वाचनमा सबै क्षेत्रमा उम्मेदवारी दिनुपर्ने पार्टी सभापतिहरु र बैठकमा सहभागी नेताकार्यकर्ताहरुको दबाब आएपछि त्यसैलाई अनुमोदन गरेर सिफारिस गरिएको जानकारी दिए ।


आजको बैठकले सम्मानजनक ढंगले अन्य पार्टीसग केन्द्रले तालमेल गरे त्यसलाई स्वागत गर्ने निर्णय समेत गरेको छ ।

केन्द्रमा पदाधिकारी रहेका नेताहरुका जिल्ला बाट उम्मेदवारी सिफारिस गर्दा प्रदेशमा नगरी सिधै केन्द्रमा गरेको प्रती बैठकले एकपटक लाई सचेत गराउने र आगामी दिनमा पनि प्रदेश लाई छल्न खोजे त्यस्ता जिल्लाहरु सग कुनै किसिमको समन्वय नगर्ने निर्णय गरेको छ ।


राप्रपाले बिबाद समाधान सहित उम्मेदवारी छान्न र अन्तिम नामावली निर्वाचन आयोगमा पठाउन भन्दै संसदिय समिति गठन गरेको छ ।

सो समितिले सिफारिस भएर आएका नामहरु लाई निर्वाचन आयोगमा पठाउदा तलकै सिफारिस लाई प्रमुख आधार मान्ने जनाएको छ ।


आगामी -४ मंसिरमा हुने निर्वाचनका लागि राप्रपाले तिव्ररुपले तयारी अगाडी बढाइ रहेको छ ।

Views: