d

रवीन्द्र मिश्र पक्ष राप्रपामा समाहित हुँदै, यस्तो छ तयारी..

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ —  उपाध्यक्ष पद लिएर विवेकशील साझा पार्टीको रवीन्द्र मिश्र पक्षले राप्रपासँग एकता गर्ने भएको छ । विवेकशील साझाका पूर्वअध्यक्ष मिश्रलाई उपाध्यक्ष दिने सहमति भइसकेको जनाइएको छ ।

राप्रपासँग एकताका लागि पार्टीभित्र लामो समयदेखि बहस चलाइरहेका मिश्रले सहअध्यक्षको दाबी गर्दै आएका थिए । राप्रपामा हाल ६ उपाध्यक्ष रहेका छन् । राप्रपाका ८ जनासम्म उपाध्यक्ष हुनसक्ने व्यवस्थामा विधान छ । विवेकशील साझामा बृहत्तर राष्ट्रवादी ध्रुवीकरणका लागि राप्रपासँग एकीकरण हुनुपर्छ भन्ने समूह पनि राप्रपामा जान लागेको हो। केही दिनमै काठमाडौंमा आमसभा गरेर मिश्र पक्षधर र राप्रपाबीच एकता हुने बताइएको छ । कान्तिपुरमा प्रकाशित समाचारका आधारमा।  

Views: