d

सोलुखुम्बुका २२ जनाले त्यागे नेपाली नागरिकता 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सोलुखुम्बु : १२ वर्षमा सोलुखुम्बुका २२ जनाले नेपाली नागरिकता त्यागेका छन्। 

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको तथ्यांक अनुसार २०६६ सालदेखि हालसम्म ११ महिला र ११ जना पुरुष गरी २२ जनाले नागरिकता त्यागेका हुन्। 

२०६६ मा चार, २०६८ मा दुई, २०७१ मा एक, २०७२ मा तीन, २०७४ मा तीन, २०७५ मा दुई, २०७६ मा चार, २०७८ मा एक र २०७९ को हालसम्ममा दुईजनाले नेपाली नागरिकता त्यागेका कार्यालयले जनाएको छ। 

रोजगारीका सिलसिलामा विदेश गएर उतैको नागरिक भएकाहरूले नेपालको नागरिकता परित्याग गरेका  प्रमुख जिल्ला अधिकारी अनिल खनालले जानकारी दिए। 

नागरिकता परित्याग गर्ने अधिकाशं अमेरिकामा छन् भने केही मात्रामा अन्य युरोपियन मुलुकमा छन्। 

प्रजिअ खनालले भने, 'यहाँका धेरै नागरिकहरू अमेरिका, स्विजरल्याड जस्ता मुलुकमा रहेका छन्। उनीहरूले उतै बसोबासका लागि प्रक्रिया अगाडि बढाउँछन्, उताको अप्लाई सफल हुने वितिकै नेपाली नागरिकता परित्यागको प्रकृया सुरु गर्छन्। यसरी परित्याग गर्ने धेरैजसो शेर्पाहरू छन्। एउटै व्यक्तिले दुई देशको नागरिकता लिन नपाइने भएकाले उनीहरूले नेपालको नागरिकता त्याग गरेका हुन्।'

जिल्लामा रहेको समयमा सिधै जिल्ला प्रशासन कार्यालयमा र विदेशमा रहेको समयमा दूतावासमार्फत नागरिकता परित्यागको गर्ने गरेका हुन्। 

यसरी परित्याग गर्नेमा दूतावासबाट परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालयमा आउने बढी रहेको कार्यालयले जनाएको छ। 

सोही अवधीमा दुई पुरुषको नागरिकता रद्द गरिएको छ। नेपालकै नागरिकता दोहोरो लिएको पाइएमा त्यस्ता नागरिकता रद्द गर्ने गरिन्छ। अन्नपुर्ण पोस्ट।  

Views: