d

राप्रपा झापाको युवा नेतृत्वमा राईलाई पुन: जिम्मेवारी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टीको भात्री संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन झापाको अध्यक्षमा राजकुमार चाम्लिङ राई निर्वाचित भएका छन् । यस अघि एक कार्यकाल जिल्ला अध्यक्ष रही सकेका राई दोश्रो कार्यकालको लागि सर्वसम्मत रुपमा पुन: अध्यक्षमा निर्वाचित भएका हुन्।  

झापाका १५ वटै स्थानिय तहबाट उल्लेख्य संख्यामा भेला भएका राप्रपा सम्बद्द युवाहरुले दोश्रो कार्यकालको लागि पुन: राईलाई रोजेका हुन्।  
सांगठानिक रुपमामा राप्रयुसंघ झापामा निकै बलियो मानिन्छ।  संगठन निर्माणमा निकै चतुर खेलाडी मानिने राईकै कारण पनि झापाली युवाहरुको लागि उक्त संगठन आकर्षणको केन्द्र बन्न थालेको राप्रपा नेता कार्यकर्ता माझ चर्चा हुने गर्दछ।  
 
झापाको बिर्तामोडमा शुक्रवार सम्पन्न जिल्ला अधिवेशनले राईको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन गरेको छ । समितिको घोषणा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सदस्य निर्वाचन अधिकृत दिपेश राई (गोरे)ले गर्ने वित्तिकै गड्गडाहट तालीले हलमा उपस्थित युवाहरुले उनलाई समर्थन गरेका थिए ।

अधिवेशन परिचालन समितिका संयोजक समेत रहेका राईकै सभापतित्वमा सम्पन्न कार्यक्रममा राप्रपा केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्गदेनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।  

 कार्यक्रममा प्रमुख अतिथि लिङ्देन, राप्रपा प्रदेश नं. १ का अध्यक्ष राम थापा, प्रवक्ता भक्ति सिटौला, झापा अध्यक्ष केशवप्रसाद ओझा , केन्द्रिय प्रशिक्षण बिभाग सदस्य खुश्वु ओली, संगठनका प्रदेश नं. १ संयोजक राजकुमार योङ्या, लगायतले शुभकामना मन्तब्य राखेका थिए । 
कार्यक्रममा दुई दर्जनभन्दा वढी राप्रपामा प्रवेश गरेका बताइएको छ । उनीहरुलाई प्रमुख अतिथि लिङ्देनले टीका, माला लगाएर स्वागत गरेका थिए ।   संगठनकी केन्द्रिय सदस्य पुनम राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन युवा संगठनका केन्द्रिय सदस्य केशव कार्कीले गरेका थिए ।

 

नवगठित कार्यसमितिको नामावली यस प्रकार रहेको छ:

अध्यक्ष: राजकुमार राई 
सदस्य: सन्तोष कडरिया - बिर्तामोड 
सदस्य: सुमन नुगा - बिर्तामोड 
सदस्य: चन्द्र लोक्सन - बिर्तामोड 
सदस्य: प्रिन्स खान - बिर्तामोड 
सदस्य: अमिर खान - बिर्तामोड 
सदस्य: अच्युत निरौला - दमक
सदस्य: भुवन ढकाल - दमक
सदस्य: उमेश लामा - दमक 
सदस्य: सुनिल धिमाल - दमक 
सदस्य: बिशाल खड्का - अर्जुनधारा 
सदस्य: प्रविन रिमाल - अर्जुनधारा 
सदस्य: कृष्ण योञ्जन - बिर्तामोड 
सदस्य: देवेन्द्र पोखरेल - भद्रपुर 
सदस्य: संजय घोष - भद्रपुर 
सदस्य: अर्जुन ठकुरी - भद्रपुर
सदस्य: बिज्ञान खालिङ्ग - भद्रपुर 
सदस्य: श्याम श्रेष्ठ - शिव सताक्षी 
सदस्य: योगेन्द्र अधिकारी - शिव सताक्षी
सदस्य: रविन बस्नेत - गौरिगंज 
सदस्य: अशोक थापा - गौरिगंज
सदस्य: सन्तोष ठटाल - गौरादह 
सदस्य: सुमन लुइँटेल - गौरादह
सदस्य: मनोज राई - गौरादह 
सदस्य: पदम श्रेष्ठ - कमल
सदस्य: तिर्थराज गौतम - कमल
सदस्य: राजु शिवाकोटी - मेची नगर 
सदस्य: वालकृष्ण खर्जी - मेचीनगर 
सदस्य: बिरेन्द्र थापा - बिर्तामोड
सदस्य: मेघराज कार्की - कन्काई 
सदस्य: रोशन उप्रेती - कन्काई 
सदस्य: दिल कुमार मोदेन - बाह्रदशी
सदस्य: जय तिम्सिना - बाह्रदशी
सदस्य: बाशुदेव पाण्डे - बाह्रदशी
सदस्य: सुर्य बहादुर लिम्बू - बाह्रदशी
सदस्य: कर्ण बहादुर खाती  अर्जुनधारा 
सदस्य: अमित राई  भद्रपुर 
सदस्य: विशाल थापा भद्रपुर 
सदस्य: भिम प्रसाद घिमिरे कमल 
सदस्य: गोपाल गिरि भद्रपुर 
सदस्य: सागर वानिया बुद्दशान्ति 
सदस्य: खड्ग बहादुर राजवंशी - कचनकवल
सदस्य: सुमन केदेन - कचनकवल
सदस्य: अरुण पौडेल - कचनकवल
सदस्य: उपेन्द्र कुमार शाह - कचनकवल
सदस्य: दुर्गा देवी खनाल - विर्तामोड 
सदस्य: अविनास राई - गौरादह 
सदस्य: पंकज चुडाल - हल्दीवारी 
सदस्य: अमित पोख्रेल - हल्दीवारी 
सदस्य: सालिक पराजुली - हल्दीवारी 
सदस्य: नेत्र अधिकारी बुद्दशान्ति

 

Views: