d

नागरिकता विधेयकको भविष्य अन्यौलमा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

३१ भदौ, काठमाडौं । संसदको अधिवेशन शनिवार मध्यरातीबाट सकिने भएपछि नागरिकता विधेयक अलपत्र परेको छ । संसदको दुवै सदनबाट पास भई राष्ट्रपति कार्यालयमा बसेको सो विधेयक अहिलेसम्म प्रमाणिकरण हुन नसकी अलपत्र परेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार मात्र सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथसम्बन्धी व्यवस्थासहित पाँचवटा विधेयक प्रमाणीकरण गर्दा पनि नागरिकता विधेयकलाई थन्क्याएर राखेकी छिन् । संविधानको धारा ११३ को उपधारा २ अनुसार राष्ट्रपति भण्डारीले तथ्यांकसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, स्ट्यान्डर्ड नाप र तौल ऐन २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्दा नागरिकता विधेयकको बारेमा उनी मौन बसेकी थिइन । नागरिकता विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डारीले उठाएका विषयमा सरकारले सम्बोधन नगरी दुवै सदनबाट बलमिच्याइ गरेपछि प्रमाणिकरण नगरी राखेकी हुन् । संभवत उनले आइतबारसम्म सो विधयेक प्रमाणिकरण गर्ने संभावना निकै कम रहेको स्रोतले जनाएको छ ।

 

Views: