d

ओली विरुद्द उम्मेदवार बन्लान त  जिग्री?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: चर्चित हाँस्यव्यंग्य कलाकार कुमार कट्टेल 'जिग्री' ले झापा निर्वाचन क्षेत्र न. ५ मा संघिय संसदको उम्मेद्वारी दिने बारे आधिकारिक घोषणा नगरेको बताएका छन्।  पुर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष के पी ओली विरुद्द उम्मेद्वारी दिने हल्ला चलेको बेला आफुले अहिले सम्म आधिकारिक घोषणा नगरेको बताएका हुन्।  

'अनौपचारिक कुराकानी हुँदा कतै बोलियो होला, आधिकारिक रुपमा उम्मेद्वारी दिने तय भएको छैन।', पर्दाफाश प्रतिनिधि संग टेलिफोनमा कुरा गर्दै कट्टेलले भने।  

हाल सम्म उम्मेदवार घोषणा नगरेका भएपनि उनले उम्मेदवार बन्ने सोच भने बनाएको बताएका छन्।  

'वर्तमान राजनीतिक अवस्थाले देश हाँक्नको लागि युवाहरुको खाँचो औंल्याएको अवश्य छ, आम जनचासो समेत अहिले स्वतन्त्र उम्मेदवारहरुमा देखिन्छ, स्वतन्त्र रुपमा उम्मेद्वारी दिने विषय छलफलकै क्रममा छ।', उनले भने।  

हाल पाँच / छ जनाले झापा ५ बाट स्वतन्त्र उमेद्वारी दिने आकांक्षा देखाएका छन्।  उनीहरु मध्ये कट्टेल पनि एक हुन्। पछिल्लो समय कलाकारिता क्षेत्रमा निकै बलियो पहिचान बनाएका कट्टेल  हाल काठमाण्डौमै वस्दै आएका भएपनि ] झापा गौरादह २ स्थित हासखोरामा उनको स्थायी बसोबास रहेको छ।   

उम्मेदवार बन्ने बारे स्वतन्त्र उम्मेदवारका आकांक्षीबीच समेत एक / दुई चरणको छलफल भएको र केहि दिन भित्रैमा उम्मेदवारको टुंगोमा पुगिने उनले बताएका छन्।  


 

Views: