d

खर्च विवरण सम्बन्धि जरिवाना सामाजिक न्याय विरुद्द रहेको राप्रपाको ठहर

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डौ:  राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवार रहेकाहरुको खर्च विवरण सम्बन्धमा निर्वाचन आयोगले गरेको निर्णय सच्याउन माग गरेको छ।  गत स्थानिय निर्वाचनमा विभिन्न उम्मेदवारहरुले समयमा खर्च विवरण पेश नगरेको भन्दै निर्वाचन आयोगले तोकेको जरिवानाको रकम अस्वाभाविक रहेकोमा राप्रपाले विरोध गरेको हो ।  

आज आइतवार पार्टीको केन्द्रिय कार्यालय धुम्वाराहीमा केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्गदेनको अध्यक्षतामा बसेको केन्द्रीय पदाधिकारी र संसदीय समितिको संयुक्त बैठकले निर्वाचन आयोगको उक्त निर्णय अवाभाविक रहेको ठहर गरेको छ।  
बैठक पछि पार्टी प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठ द्वारा हस्ताक्षरित विज्ञप्तिमा समयसीमा गुज्रिएको अवस्थामा निर्धारण गरिएको जरिवाना अस्वभाविक, अव्यवहारिक र सामाजिक न्यायको सिद्धान्त विपरीत भएको उल्लेख गरिएको छ।  

  खर्च विवरणको बहानामा त्यस्ता उमेदवारलाई आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा उमेदवार बन्नबाट वन्चित गरिनु हुदैन भन्दै विज्ञप्तिमा   राप्रपा आयोगको गम्भीर ध्यानाकर्षण गराउँदछ' उल्लेख गरिएको छ।   

विज्ञप्तिमा भनिएको छ, 'यसप्रकारको निर्णय अविलम्ब व्यवहारिक बनाउन, आवश्यक संशोधन गर्न वा फिर्ता लिन राप्रपा निर्वाचन आयोग समक्ष माग गर्दछ ।'

 

May be an image of text

Views: