d

धर्मदेवी नगरपालिकाले मनायो संविधान दिवस 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

संविधान सभाबाट संविधान जारी भएको ७ वर्ष पुरा भएको छ । संविधान जारी भएको अवसरमा सोमबार सङ्खुवासभाको धर्मदेवी नगरपालिकामा विविध कार्यक्रमको आयोजना गरि संविधान दिवस मनाइएको छ ।

धर्मदेवी नगरपालिकाको आयोजनामा  स्वच्छ सुन्दर घर गाउँ सहर,  विकास र समृद्धि धर्मदेवीको रहर' भन्ने नाराका साथ घर, टोल, सार्वजनिक स्थल तथा बजार सरसफाई कार्यक्रमको आयोजना गरि दिवस मनाएको हो  । अभियानले सरसफाई र स्वच्छ वातावरणको महत्व र अपरिहार्यताबारे जनचेतना फैलाउन मद्दत पुग्ने विश्वास लिएको नगर प्रमुख उदयचन्द्र पौडेलले जानकारी दिनुभयो । त्यस्तै साँझ घर घरमा दिपावली बालेर भब्य र सभ्य रुपमा संविधान दिवस मनाउने तयारी रहेको बताइएको छ ।

 

No description available.

 

सरसफाई कार्यक्रममा नेपाल प्रहरी, जनप्रतिनिधि, नगरका कर्मचारी लगायतको सहभागितामा सरसफाई कार्यक्रम सम्पन्न गरिएको मेयर पौडेलले बताउनुभयो ।

 

No description available.

Views: