d

दमकमा दर्जनौको संख्यामा राप्रपा प्रवेश  (भिडियो/ तस्बिर)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

दमक वाणिज्य संघका बहालवाला प्रथम उपाध्यक्ष राजु खड्का, जेसी दिपक खडका, जेसिज दमकका पूर्व अध्यक्ष कमल कटुवाल, शारीरिक सुगठनका गुरु कुमार ढकाल लगायतले रोजे राप्रपा

 

झापा: संघीय र प्रदेश सभा निर्वाचन नजिकिदै गर्दा झापाको दमक नगरपालिकामा राप्रपा प्रवेश गर्नेहरु बढ्दै गएका छन्।  पुर्वकै उर्वर भुमी मानिएको  दमक नगरपालिकामा आज सोमवार दर्जनौले विभिन्न दल र आफ्नो स्वतन्त्र हैसियत परित्याग गरि राप्रपामा प्रवेश गरेका हुन्।  दमक ७ स्थित पौडेल प्रतिष्ठानमा राप्रपा नगरासमिति द्वारा आयोजित आगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा दर्जनौं स्थानियहरुलाई राप्रपामा स्वागत गरिएको बताइएको छ।   

राप्रपाका नव प्रवेशीहरुमा दमक वाणिज्य संघका बहालवाला प्रथम उपाध्यक्ष राजु खड्का, जेसी दिपक खडका, जेसिज दमकका पूर्व अध्यक्ष, कमल कटुवाल, शारीरिक सुगठनका गुरु कुमार ढकाल, स्थानीय निकायमा जसपाका मेयरका उमेद्वार कृष्ण राय, दीपक खड्का,  समाजसेवी रघुनाथ पौडेल लगायत एमाले, कांग्रेस, माओबादी र जसपाका स्थानिय नेता तथा कार्यकर्ताहरु राप्रपा प्रवेश गरेका बताइएको छ।  

नवप्रवेशीलाई स्वागत गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले मुलुकको बैकल्पिक शक्तिको रुपमा उदाएको राप्रपाको लोकप्रियता चुलिदै गएको बताए। राप्रपा प्रदेश १ अध्यक्ष समेत रहेका थापाले राप्रपामा देशव्यापी जनलहर चलेको भन्दै संघीयताले मुलुक धरासायी हुँदै गएकोबेला र मुलुकमा चरम आर्थिक संकट निम्तिन लागेको बेला राप्रपाले मात्र मुलुकको रक्षा गर्न सक्ने ठोकुवा गरे।  आगामी निर्वाचनमा आवश्यकताको आधारमा अन्य दल संग सहकार्य गर्ने बताउदै  उनले मङ्सिर ४ मा हुने निर्वाचनमा को संघ कहाँ र कसरी सहकार्य गर्ने भन्ने विषय छलफलकै क्रममा रहेको समेत बताए।  

राप्रपा झापा जिल्ला अध्यक्ष केशब प्रसाद ओझाले राप्रपाको नीति, सिद्दान्त र एजेन्डालाई मन पराएर राप्रपामा प्रवेश गर्नेहरुलाई उचित जिम्मेवारीका साथ व्यवस्थापन गर्ने बताए। 'राप्रपामा पुरानो र नयाँ व्यक्ति भन्नेनै हुदैन, नव प्रवेशी साथीहरुलाई सम्मानपूर्ण भूमिका मिल्ने छ।', अध्यक्ष ओझाले भने।  

पार्टीका संस्थापक नेता तथा केन्द्रिय सदस्य अम्बर विष्टले आगामी निर्वाचन र वर्तमान राजनीतिक घटनाक्रमका बारेमा चर्चा गरे। 

नगर अध्यक्ष हेम सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा  वडा न. ७ वडाध्यक्ष तथा राप्रपा झापा ५ क्षेत्रीय अध्यक्ष भिम पौड्याल, पार्टीका  केन्द्र, प्रदेश, जिल्ला, क्षेत्र, प्रदेश सभा, नगर, वडा कार्यसमिति तथा विभिन्न भात्री संगठन आवद्द नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।    

प्रदेश 'ख' सचिव नेत्र चौलागाईंले स्वागत मन्तव्य प्रदान गरेको कार्यक्रमको संचालन  नगर सचिव अर्जुन रेग्मीले गरेका थिए।  

 

May be an image of 5 people, people sitting, people standing and indoor

 

May be an image of 3 people, people sitting and people standing

 

May be an image of 7 people, people sitting and people standing

 

May be an image of 5 people, people sitting and people standing

 

May be an image of 10 people, people sitting and people standing

 

May be an image of 4 people, people sitting and people standing

 

May be an image of 8 people, people sitting, people standing and indoor

 

May be an image of 10 people, people standing and indoor

 

May be an image of 8 people and people standing

 

 

May be an image of 5 people, people standing and indoor

Views: