d

सन्दर्भ आठौ संविधान दिवस: के हामी गलत त गर्दै छैनौं ...?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 आज संविधान दिवस।  दिवसहरु धेरै आउछन् अनि नयाँ संदेश छोडेर जान्छन्।  आज हामीले संविधान दिवस मनाइरहदा सबैको मनमा कुनै न कुनै खुल्दुली अवस्य छ।  संविधानले जुन दिशाबोध गराएको छ के हामी त्यही दिशामा हिडिरहेका छौं त ? एक पटक मनन् गरौँ त।  सरकारले आफ्नो काम र क्षेत्राधिकार कुल्चिएको छ, न्यायालयले बद्नामको भारी बोकेको छ।  व्यवस्थापिका संसद अचित्यहिन जस्तै देखिन्छ।  पटक पटक चुनाव हुन्छन् नयाँ कुरा होला भनेर विश्वास गरिन्छ।  मतदान गरिन्छ तर बदलामा तिनै अविश्वास, कुण्ठा र बदलाको भावनाले ग्रस्त हुन्छ राजनीतिक क्षेत्र।  आखिर किन यस्तो हुन्छ ? कमिकमोजोरी कहाँ छ ? के सबै जनता एक ठाउँमा उभिएर देश बनाउन सकिदैन ? आज यस्ता कयौं प्रश्न होलान ....... हामीले बनाएको संविधान बाल मैत्री छ कि छैन ? महिला मैत्री  छ कि छैन ? मात्रै कागज मा सिमित रह्यो  कि ? धनी र गरिवमा भएको सरकारको दृस्ठिकोणले झन समाजमा दिवार त खडा गरेन .....?  धर्म निरपेक्षको नाममा हाम्रो रितिरिवाजको अन्त्य गरि पश्चिमि मुलकको  संस्कृति  त भित्र्याउदै छैनौ ?  हाम्रो पछिल्लो पुस्ताले हामिले बिकास गर्यौं भनेर पुराना संरचना मासेर नयाँ प्रविधि को विकास गर्दा हाम्रो विकासलाई डोजर लाएर पुरानो प्राकृतिक संरचनाको सुरुवात भै रहेको छ।   हामी ले कस्तो कानुन निर्माण गर्यौं?  कति क्रान्ति गर्यौं? यो संग पछिल्लो पुस्ताले केही सरोकार राख्दैन तर देशको संविधान न्याय सङ्गत छ की छैन ?  र समाधान तर्फ उन्मुख छ कि छैन ? यो बुझ्न जरुरी छ।  जसरी हामिले पुरानो संविधान जलाएर राजसंस्थाको अन्त्य  संगै नयाँ संविधान लिएर खुशी साथ आठौं वर्ष मनाइ रहदा  हाम्रा  आउने पुस्ता यो कानुन मान्न तयार छन् त गहिरो प्रस्न ????  देस चलाउन लाई कानुन चाहिन्छ तर कानुन एक थोक भन्छ देश अर्को तिर चल्छ भने त्यो देश समृद्द  हुन सक्दैन।  

भनिन्छ संविधान सभा एक जुगमा एक पटक आउँछ।  हाम्रोमा पनि २ पटक आयो।  पहिलो पटकको संविधान सभाले संविधान लेख्ने सकेन।  दोश्रो पटकको संविधान सभाले लेखिदिएको संविधान आज हाम्रो झोलामा छ।  सायद मलाई लाग्छ यो संविधान देशका वर्तमान शासकहरुले पढेका पनि छैनन्।  पढे पनि लुप होल हरु मात्र खोज्न भ्याए।  

सबै नेपाली जनता मिलेर एउटा अर्को क्रान्ति गरौँ।  एक आपसमा भाईचारा निर्माण गरौँ।  संविधान आफैंमा समाज विकासको दस्तावेज हो भन्ने महसुस गरौँ।  अनि यसैको छत्रछायाँमा देश विकासको मेरुदण्ड खोजी गरौँ।  बरु संविधानमा रहेका केहि असमान र अमिल्दा प्रसङ्गहरु छन् भने त्यसलाई परिमार्जन गर्न प्रयास गरौँ।  एउटा सम्रिद्द देश निर्माण गर्न हामी सबै नेपाली एकतावद्द भएर लागौं।  यसैमा हामी सवैको जित हुने छ र आअगामि सन्ततीले एक असल र आदर्शवान अभिवाहक थिए भनेर हामीलाई पढ्ने छन्।  

पंकजा भण्डारी
निजि निवास 
गौरादह, 
झापा   
 

Views: