d

दलहरूले निर्वाचन आयोगमा बुझाए समानुपातिक सूची 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 
काठमाण्डाै – आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दलहरूले समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाएका छन् । 

सोमवार आयोगमा पुगेर मुख्य राजनीतिक दलसहितका अन्य दलहरूले आउँदाे चुनावका लागि समानुपातिकतर्फको उम्मेदवारहरूको बन्दसूची बुझाएका हुन् । आयोगले आइतवार र सोमवार गरी दुई दिन समानुपातिकतर्फको उम्मेदवारको सूची बुझाउन समय दिएको थियो ।
 त्यही समयावधिभित्र राजनीतिक दलहरूले उम्मेदवारहरूको बन्दसूची आयोगमा पेस गरेका छन् । 
सत्तारूढ प्रमुख दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी, प्रमुख प्रतिपक्ष दल नेकपा एमाले लगायतका दलहरूले समानुपातिक उम्मेदवारहरूको बन्दसूची बुझाएका हुन् । 
निधि सभामा समानुपातिक पद्धतिबाट एक सय १० जना र सात वटा प्रदेश सभामा दुई सय २० जना उम्मेदवार हुनेछन् । समानुपातिक पद्धतिमा मतदाताले राजनीतिक दललाई मत दिनेछन् । राजनीतिक दलले पाएको मतको आधारमा बन्दसूचीमा रहेका उम्मेदवारमध्येबाट सांसद निर्वाचित हुन्छन् । 

Views: