d

निःशुल्क सिम ग्राहक सेवा केन्द्रबाटै

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । नेपाल टेलिकमले दूरसञ्चार कार्यालय सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट ग्राहकलाई निःशुल्क ई–सिम वितरण गरिरहेको छ । कम्पनीले पर्याप्त मात्रामा आन्तरिक परीक्षण र प्रयोगबाट सफल भएपछि ग्राहकमाझ प्रवद्र्धनात्मक परीक्षणका रूपमा वितरण भइरहेको ई–सिमका लागि कम्पनीसँग यथेष्ट संख्या मौज्दात रहेको जानकारी गराएको छ ।

ग्राहकको अत्यधिक रुचि र मागलाई मध्यनजर गर्दै ग्राहकवर्गको सुविधाका लागि हालसम्म सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट मात्र वितरण भइरहेको ई–सिम मंगलबारदेखि कम्पनीका ग्राहक सेवा केन्द्र नक्साल, चाबहिल, ठिमी, भक्तपुर, पाटन, गोंगबु र छाउनी कार्यालयलगायत ग्राहक सेवा केन्द्र पुल्चोकबाट पनि मागबमोजिम वितरण गरिनेछ ।

मोबाइल सेटमा ई–सिम इन्स्टल गर्नका लागि क्यूआर कोडमार्फत स्क्यान गर्नुपर्छ । क्यूआर कोडको सुविधा भएका पछिल्लो पुस्ताका मोबाइल सेटमा मात्र ई–सिम प्रयोग गर्न सकिन्छ । त्यसैले, सबैभन्दा पहिले आप्mनो मोबाइल सेटमा ई–सिम चल्ने÷नचल्ने यकिन गरेर मात्र ई–सिमका लागि कम्पनीका ग्राहक सेवा केन्द्रमा जान आग्रह गरिएको छ ।

त्यसैगरी, आईफोन र एन्ड्रोइड सिस्टमयुक्त मोबाइल सेटको सेटिङमा भएका विभिन्न अप्सन हेरेर पनि ई–सिम चल्ने वा नचल्ने पत्ता लगाउन सकिन्छ । आईफोन वा एन्ड्रोइडको सेटिङमा एड मोबाइल प्लान वा एड डाटा प्लान देखियो भने पनि त्यसमा सामान्यतः ई–सिम चल्छ भन्ने कुरा थाहा हुन्छ ।

फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकका पोस्टपेड र प्रिपेड सिम हालका लागि निःशुल्क ई–सिममा परिवर्तन गर्न सकिनेछ । त्यसैगरी, नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमै ई–सिम उपलब्ध गराइनेछ भने नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने निकट भविष्यमा सो सिम उपलब्ध गराइनेछ । राजधानी।  

ई–सिम एक प्रकारको भर्चुअल अर्थात् इलेक्ट्रोनिक सिम हो । ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रूपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसबाट फोन गर्ने र डाटा चलाउनेलगायतका विभिन्न कार्य गर्न सकिन्छ ।

Views: