d

ओलीको क्षेत्रमा २९ दिन घुमेका काफ्लेले लगाए ओली माथि यस्तो आरोप ...

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पर्दाफास/ असोज ५, झापा: झापा क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवार घोषणा गरेका तुलसी काफ्ले उठाएका एजेण्डा सान्दर्भिक मात्र नभएर गहन रुपमा समेत लिने गरेको पाइएको छ । उनले आफू उमेदवार हुनुमा आफ्नो निजी आकाङ्क्षा नभई आम जनसमुदायको आवाजको प्रतिनिधित्व आफूले गरेको बताएका छन् । जनप्रतिनिधिको हैसियतले राज्यकोषबाट आफूले तलव, भत्ता लगायतका कुनै पनि सेवा नलिने र अरुलाई पनि त्यस्ता तलव भत्ता नलिन खवरदारी गर्नुपर्ने बताउने काफ्ले झापा क्षेत्र नम्बर ५ का करिव सबैजसो भागको यही भाद्र र असोजमा पैदल यात्रा गरेर २९  दिन बिताई सकेका छन् । तार्किक र अध्ययनशिल भनेर चिनिने काफ्लेको उमेदवारीको विषयले झापा क्षेत्र नम्बर ५ का जुनसुकै पार्टीका मतदाता तथा कार्यकर्तामा तरङ्ग ल्याइदिएको छ । उनले आफ्नो प्रश्न ओली तर्फ केन्द्रित गर्दै भन्छन्, 'ओलीजी किन उमेदवार हुने ? जितेर उनले के गर्न बाँकी छ ? जुन अरुले गर्नै सक्दैनन् । जितेर प्रधानमन्त्री हुने बाहेक उनको अर्को कुनै एजेण्डा नै छैन।'

यो पनि पढ्नुहोस

झापा ५ मा ओलीलाई काफ्लेको चुनौती, '२० हजार भोट ल्याएर देखाउ'

तीन प्रतिस्पर्धी सङ्ग चुनावी मैदान उत्रीए तुलसी काफ्ले

झापा ५ मा मेरो स्वतन्त्र उम्मेद्वारी किन? (हेर्नुस भिडियो) अन्तर्वार्ता 

 

राजनीतिमा यसरी पटक पटक आउनु भनेको तर मार्नु अर्थात भ्रष्ट्राचार गर्नु र आफ्नो हैकम अझ मजबुत पार्नु हो ।


उनि भन्छन्, 'प्रदेश सभाको खारेजी,संघिय संसदमा बढीमा ११५ जना सदस्य हुने व्यवस्थाको छिनोफनो जनमत संग्रहबाट गर्नुपर्छ । ०४६ साल यता झनझन गए गुजे्रको दैनिक प्रशासनिक संयन्त्र घिनलाग्दो अवस्थामा छ ।
यातायात कार्यालय,नागरिकता र पासपोर्ट बनाउने कार्यालय,भन्सार लगायतका निकाय घुसमा चुर्लम्म डुबेका छन्।'

'२०४६ साल यता राष्ट्रिय राजनीतिमा हावीमुहाली गरेका राजनेता भनाउँदाहरुले यी अड्डाहरुको सुधार किन नगरेका
हुन ? के जनताले नेताको हात बाँधिदिएका थिए ?' भन्ने प्रश्न गर्छन् ।

 'जुनसुकै पार्टीको भए पनि प्रधानमन्त्री भईसकेको व्यक्ति राष्ट्रिय धरोहर हो । प्रधानमन्त्री भई सकेको व्यक्तिले त्यस्तो गरिमा जोगाउन पनि सक्नुपर्छ । कुनै अमुक पार्टीको नेताले भाषण जस्तो गरेर अरिङ्गाल जस्तो खनिन र सापले जस्तो डस्न कार्यकर्ता सामु उछाल्छन ।
यस्तो प्रवृतिले हाम्रो समाज कता तिर जाँदैछ ? हाम्रा सन्ततीले के सिक्ने हुन ? ’भयङ्कर संसय देखिँदैछ ।'

झापा क्षेत्र नम्बर ५ का स्थानिय सवाल पनि उठाएका काफ्ले भन्छन्, 'प्रति बिगाहा बढीमा १० हजार रुपैयाँ हुँदा २०३४ सालमा प्रति बिगाह १५ सय रुपैयाँ मालपोत तिरेर जग्गा नापजाँच भए पनि जग्गा धनीपुर्जा नपाएका जग्गा धनीको समस्या सुल्झाउने भन्दै केहि वडा कार्यालय आफैंले निर्णय गरी जग्गा नापजाँच खर्चको बहानामा रकम असूल गरेका छन् । जवकि जग्गा नापजँच गर्ने सम्बन्धि सम्पूर्ण अधिकार संघीय सरकारको क्षेत्राधिकारमा पर्दछ । क्षेत्राधिकार विहिन रकमको नगरसभाबाट अनुमोदन पनि गरिएको तर्फ संकेत गर्दै काफ्लेले यस्ता गतिविधिलाई कानूनी
आवरणमा गरिएको भ्रष्ट्राचार भएको जिकिर गर्छन् । 


'नगर पालिकाले नक्सा बिनाको जग्गा धनीपूर्जा वितरण गरेर अर्को बेइमानीको योजना गर्दैछ ।'

अधिवक्ता काफ्ले अगाडी भन्छन्, 'दमक न.पा.र कमल गा.पा.का सडक निर्माणमा तिब्रता दिइएको देखिन्छ भने दक्षिणी बेल्टमा कुनै पूर्वाधारसंरचनाको निर्माणमा काम नभएकोले त्यस क्षेत्रका स्थानिय वासिन्दामा आक्रोश देखिन्छ । बाटो नभएको कारण सेतुमाडी बालुबथान जोड्ने रतुवा खोलामा बनेका पुल प्रयोग विहन आवस्थामा छ । यसले पुँजीगत सम्पतिको निस्कृयताबाट राष्ट्रिय सम्पत्तिमा पर्ने असर तर्फ राजनीतिक पार्टीले मजाक गरेका छन् । एक निर्माणाधीन र एक निर्माण सम्पन्न गरी दुई किलोमिटरको फरकमा रतुवा खोलामा दुई ठुला पुल बनेका छन् । करोडौं लगानीको हुलाकी राजमार्गको रतुवा खोलामा बनेको पुल छोटो भएको कारण पुलको दुबै छेउबाट खोला कुदेको छ । किस्नी खोलामा पानीको वहावको वास्ता नगरी हाल तेस्रो पटक पुल निर्माण गर्दा पुलको नाम नै सिस्ने बनाइएको छ । 

'ऐतिहासिक र पुरातात्विक महत्व बोकेको किश्ने खोलाको नाम नै परिवर्तन गरेर सिस्ने खोला भनिनु कत्तिको जायज छ ?', काफ्लेले चिन्ता व्यक्त गरे। 

अधिवक्ता काफ्ले साविक महारानी झोडा वडा न. ९ र हाल गौरादह ४ का स्थायी वासिन्दा हुन्।  स्थानिय जनता मा. वि. बाट प्रवेशिका उतिर्ण गरेका उनले काठमाण्डौ बाट उच्च शिक्षा लिएका हुन्।  हाल कानुन व्यवसायीको रुपमा सेवारत काफ्लेले विभिन्न पुस्तकहरु समेत प्रकाशन गरेका छन्। 
समसामयिक राजनितिक घटनाक्रममा पेचिलो कलम चलाउने लेखक तथा  स्तम्भकार समेत हुन्।  

उनले आसन्न निर्वाचनमा संघीय सांसदको लागि  झापाको क्षेत्र न. ५ बाट स्वतन्त्र उम्मेद्वारी दिने घोषणा समेत गरिसकेका छन्।   
 

May be an image of 3 peopleक्षेत्र नम्बर ५ मा पर्ने विकट वस्तीमा पुगेर काफ्लेले कैद गरेको स्थानिय संगको तस्विर 

 

 

 

 

समसामयिक विषयवस्तुमा काफ्लेले गरेका केहि ट्विट र स्टाटसहरु: 

May be an image of 2 people and text

 

यो पनि पढ्नुहोस

झापा ५ मा ओलीलाई काफ्लेको चुनौती, '२० हजार भोट ल्याएर देखाउ'

तीन प्रतिस्पर्धी सङ्ग चुनावी मैदान उत्रीए तुलसी काफ्ले

 

झापा ५ मा मेरो स्वतन्त्र उम्मेद्वारी किन? (हेर्नुस भिडियो) अन्तर्वार्ता 

No description available.

 

 

No description available.

 

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

यो पनि पढ्नुहोस

झापा ५ मा ओलीलाई काफ्लेको चुनौती, '२० हजार भोट ल्याएर देखाउ'

तीन प्रतिस्पर्धी सङ्ग चुनावी मैदान उत्रीए तुलसी काफ्ले

 

झापा ५ मा मेरो स्वतन्त्र उम्मेद्वारी किन? (हेर्नुस भिडियो) अन्तर्वार्ता 

 

पर्दाफास डट कम मा थप जोडिनुहोस

 

पर्दाफासमा विज्ञापन गरि व्यवसाय बढाउन यहाँ सम्पर्क गर्नुहोस

Views: