d

शहरीक्षेत्र सुन्दर बनाउने दमक नगरपालिकाको अभियान यस्तो ....

Views:
Responsive Image Gallery
Responsive Image Gallery

दमकको बजार क्षेत्रलाई व्यवस्थित बनाउदै सुन्दर सहर निर्माण गर्ने अभियानमा दमक नगरपालिका जुटेको छ।  पहिलो चरणमा अव्यवस्थित रहेका बिजुलीका पोललाई व्यवस्थित बनाउन सुरु गरिएको हो  । बजार क्षेत्रको सडका दुवै तर्फ बिजुलीका पोल गाडेर तारलाई व्यवस्थित गर्ने काम सुरु गरिएको नगर प्रमुख राम थापाले बताउनुभयो।  

'सडकको एकतर्फमात्र पोल हुँदा अर्को तर्फ तार लैजान बाटो कटाउनु पर्ने र दुवै तर्फका केबुल एउटै पोलमा हुँदा अव्यस्थित भएको भन्दै दुबै तर्फ पोल गाडेर तार व्यवस्थापन सुरु गरिएको उहाँले बताउनु भएको छ।' । 

'चाडवाड अगाडिनै हामी यसलाई व्यवस्थित गर्ने प्रयत्नमा छौं।', थापाले बताउनुभयो।  file photo
 

Views: