d

   कमल थापाका कार्यकर्ताहरु धमाधम एमालेमा छिर्दै...

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं ।  कमल थापा नेतृत्वको  राप्रपा नेपालका केन्द्रीय सदस्य धीरजकुमार शाही र दैलेख जिल्लाका अध्यक्ष नवीनकुमार शाही आफ्ना दर्जनौं कार्यकर्तासहित नेकपा (एमाले) मा प्रवेश गरेका छन्  । केन्द्रीय सदस्य शाही दैलेखका स्थायी बासिन्दा हुन् । 
पार्टी कार्यालय, च्यासल, ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव शंकर पोखरेलले उनिहरूलाई खादा लगाई पार्टीमा स्वागत गरे।  


शाहीहरु सँगै काठमाडौं, सिन्धुली, दाङ, डोटी, गुल्मी, कैलाली, बझाङ, कञ्चनपुर, बाँके र बर्दियाका राप्रपा नेपाल, नेपाली काँग्रेस र माओवादी केन्द्रका एकसयभन्दा बढी कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । 

एमाले प्रवेश गर्नेहरूमा काठमाडौंबाट अम्बिका उप्रेती, अमिस उप्रेती, रेश्मा उप्रेती, सरोज उप्रेती, विकास उप्रेती,लोकनाथ मैनाली, बुद्धिनाथ उप्रेती, झरनादेवी कटुवाल, मञ्जु गौतम, सरीता खड्का, सीता लिम्बु र ज्योती उप्रेती लगायत हुनुहुन्छ ।


त्यसैगरी दैलेखबाट जानकी शाह, कल्पना शाही, दुधा शाही, सर्जन शाही, अन्जनाकुमारी शाहीलगायत हुनुहुन्छ भने कैलालीका प्रदीप शाही, रोशनी साउद, राधा धामी, कञ्चनपुरबाट रक्षा तोमली, बझाङबाट हरेन्द्र कार्की, सन्तोष राना लगायत रहेका छन् । यस्तै काभ्रेपलाञ्चोकका पासाङ तामाङ, राजेश तिवारी, गुल्मीका कल्पना सुनार, बाँकेका हिमाल कार्की, धादिङबाट केशव गुरूङ, दार्चुलाबाट दानसिं ठगुन्ना, रामेछापका राजु थापा, गोरखाबाट सन्दिप लोहनीलगायत एमालेमा प्रवेश गरेका छन्।  
 

Views: