d

 गौरादह ७ मा फुटवलको रौनक (उद्घाटन सत्रका तस्विरहरु)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: झापाको गौरादह ७ मा फुटवल प्रतियोगिता सुरु गरिएको छ।  वडा न. ७ स्थिति स्थानिय दुधाली खेलकुद विकास समितिको आयोजनामा  प्रतियोगितात्मक फुटवल खेल आरम्भ गरिएको हो।  

गौरादह ७ स्थित भारती प्रा. वि. को मैदानमा संचालित खेलमा गौरादह नगर भित्र र बाह्य गरि जम्मा १७ वटा टिम सहभागी रहेका आयोजक समितिले जनाएको छ।  

खेलको सुभारम्भ गर्दै प्रमुख अतिथि तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य लक्ष्मी प्रसाद संग्रौलाले युवाहरुको आकर्षणको केन्द्रविन्दुमा रहेको खेलकुदमा  राज्यको उचित ध्यान पुग्न नसकेको चर्चा गरे।  खेलकुद विकास गर्नको सबै तहका सरकारले उचित भूमिका खेल्नु पर्नेमा गणतान्त्रिक सरकारले सिंगो खेलकुद क्षेत्रलाई निरासाजनक अवस्थामामा धेकेलेको आरोप लगाए।  

भगवती प्रा वि व्यवस्थापन समिति अध्यक्ष धनिकलाल राजवंशीको सभापतित्वमा सम्पन्न समुद्घाटन  कार्यक्रममा लाइफलाई अस्पतालका पुर्व प्रमुख डा सूर्य नारायण साह, राष्ट्रिय खेलकुद विकास समिति पुर्व प्रशिक्षक टंक पाठक, महिला शसक्तिकरणकी अध्यक्ष भरिपूर्ण राई लगायतले शुभकामना मन्तव्य राखेका थिए। 

कार्यक्रममा राप्रपा नेता तथा समाजसेवी जय गुरुङ, अस्थायी प्रहरी चौकी गौरादह ७ का इन्चार्ज विमल श्रेष्ठ, राप्रपा नगर उपाध्यक्ष डि पी भट्टराई,
भारती प्रा. वि. का पुर्व शिक्षक तथा वडा न. ७  वडा खेलकुद विकास समिति अध्यक्ष बलबहादुर तामाङ्ग लगायतको उपस्थिति रहेको थियो।  

 आज बाट ५ दिन सम्म चल्ने खेलको फाइनल खेल आगामी असोज गते हुने खेलमा विजेता र उपविजेता टिमलाई क्रमस: नगद २१ हजार तथा ट्रफी र प्रमाणपत्र, नगद १५ हजार सहित ट्रफी र प्रमाणपत्र वितरण गरिने आयोजका संस्था दुधाली खेलकुद विकास समिति अध्यक्ष  आयोजकले जनाएको छ। 
 
तस्बिरहरु 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

No description available.

 


 

Views: