d

स्वतन्त्र उम्मेदवारको चुनाव चिन्ह 'लौरो' हुन नसक्ने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ । निर्वाचन आयोगले लौरो चुनाव चिन्ह स्वतन्त्रहरूको भएको भनेर प्रचार नगर्न निर्देशन दिएको छ । चुनावी तयारीमा जुटेको आयोगले एकपछि अर्को निर्देशन दिने क्रममा लौरो चिन्ह लिने उम्मेदवार स्वतन्त्र नभएको प्रस्ट पारेको छ । आयोगले आफ्नो तथ्याङ्कमा दर्ता भएको सूचनाका आधारमा लौरो चिन्ह लिएर उम्मेदवारी दिने व्यक्ति स्वतन्त्र नहुने बताएको हो ।

गएको स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारहरूले यो चिन्ह लिएको थियो । काठमाडौँ महानगर पालिका र धरान उपमहानगर पालिकाकामा यो चिन्ह लिएका उम्मेदवारले चुनाव नै जिते । काठमाडौँमा बालेन्द्र शाह र धरानमा हर्क साम्पाङले यो चिन्ह लिएर मेयर जितेका थिए । त्यस लगत्तै हाम्रो नेपाली पार्टी नामक पार्टीले यो चिन्ह लिएर आयोगमा दल दर्ता गरेको छ । 

Views: