d

 कांग्रेसको घोषणापत्र ७ वटै प्रदेशमा अलग अलग 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रदेशअनुसार नै फरक फरक घोषणापत्र बनाउने तयारी गरेको छ ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको ४१ सदस्यीय घोषणापत्र तयारी समितिले सातवटै प्रदेशका लागि फरक फरक घोषणापत्र बनाउने गरी तयारी अघि बढाएको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले त्यसका लागि ६ जना सहमहामन्त्रीलाई प्रदेशगत रूपमा राय लिने गरी घोषणापत्र बनाउने समितिमा मनोनित गरिसकेका छन् ।

जसअनुसार सहमहामन्त्री फरमूल्लाह मन्सुर, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, बद्रीप्रसाद पाण्डे र जीवन परियारले जिम्मेवारी पाएका छन् । यसैगरी केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले पनि एउटा प्रदेशका लागि प्रदेशगत समन्वय गर्ने जिम्मा पाएका छन् ।

Views: