d

धनकुटा: माओवादी नेता कार्यकर्ता द्वारा सामुहिक राजिनामा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

धनकुटा : नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा धनकुटा इञ्चार्ज हेमराज भण्डारीसहित जिल्लाका नेता तथा कार्यकर्ताहरुले सामूहिक राजीनामा दिएका छन् । आइतबार नेपाल पत्रकार महासंघ धनकुटाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले सामूहिक राजीनामा घोषणा गरेका हुन् । 

नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य हेमराज भण्डारी, केन्द्रीय सदस्य धनमाया विश्वकर्मा, प्रदेश समितिका सहसचिव ऋषिराम ढुंगाना, प्रदेश समितिका १४ जना सदस्य र जिल्ला सदस्य १ सय ५० जनाले सामूहिक राजीनामा दिएका हुन् । 

हरेक पटकको निर्वाचनमा नेकपा माओवादीको अस्तित्व सकिदै गइरहेको र त्यहाँ बस्नुको औचित्य नभएकाले स्वतन्त्र नागरिक भएर बस्ने नेकपा माओवादी केन्द्र धनकुटाका निवर्तमान संयोजक डिल्लीराम (कमल) राईले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै नेकपा माओवादी केन्द्रका निवर्तमान पोलिटव्यूरो सदस्य हेमराज भण्डारीले ११ दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर राजनीतिक, वैचारिक र असहमतिको कारण देखाएर राजीनामा पत्र बुझाएको बताए । 

उनले आफू स्वतन्त्र रुपमा वसेर राजनीतिक पार्टीलाई सवक सिकाउने बताए । हामी स्वतन्त्र उम्मेदवार दिन्छौं । स्वतन्त्र समूहको भेला गरि नयाँ जागरणको अभियान गर्ने उनको भनाई थियो । उनले यो निर्णय विवेकसंगत ढंगले लिएको समेत बताए । धनकुटा जिल्लाभरी जनताको प्रत्येक घर–घरमा राष्ट्रिय झण्डा राख्ने अभियान सुरु गर्ने समेत उनले बताए । 

निवर्तमान पोलिटव्युरो सदस्य भण्डारी मंसिर ४ गते हुने निर्वाचनमा संघमा आकांक्षी रहेको तर, तर, गठबन्धनबाट तथा पार्टीबाट टिकट पाउने संभावना नभएपछि राजीनामा दिएका हुन् । ‘पार्टीमा काम गर्ने धेरै कार्यकर्तामा निराशा छाएको छ । पार्टीमा न्याय र विधि पनि अत्यन्त न्युन हुँदै गएको छ । परिर्वतनका लागि लडेका साथीहरुको पनि भावनामा ठेस लागेको छ,'उनले भने । 

यता नेकपा माओवादी केन्द्र धनकुटा नगर कमिटी सचिव खगेन्द्र विष्टले केहि साथीहरुले हतार गरेर निर्णय गरेका कारण माओवादी विघटन नभइ केहि साथीहरु बाहिरिएको बताए।

यता नेकपा माओवादी प्रदेश कमिटी सदस्य तथा प्रदेशसभा सदस्य कुसुमकुमारी श्रेष्ठले अधिकांश नेता कार्यकर्ताले राजीनामा दिएपनि धनकुटाको सिंगो पाटी संगठनले राजीनामा नदिएको बताइन् । अन्नपूर्णकर्मीसँगको कुराकानीमा माओवादी रित्तो नहुने भन्दै प्रदेश समितिले अर्को जिल्ला संयोजक तोक्ने बताइन् । photo/news Annapuran

Views: