d

दमकमा नगरपालिकाले शुरु गर्यो नगर सुद्दिकरण अभियान

Views:
Responsive Image Gallery
Responsive Image Gallery

दमक: दमकका नगरपालिकाले दमक सुद्दिकरण अभियान शुरु  गरेको छ।  दमक शहरलाई सौन्दर्यिकरण गर्ने योजना अनुसार नगर प्रमुख थापाको नेतृत्वमा नगर सुद्दिकरण अभियान शुरु गरिएको हो।  

नगर भित्रका जुनसुकै समस्या प्रति नगरपालिका सचेत रहने भन्दै दमक नगर क्षेत्र भित्रका विभिन्न स्थानमा पुरानो र भत्किन लागेको बिद्द्युत पोल र काठको खम्बाबाट बिजुलीको तार जोडिएको पोलहरुलाई विस्थापित गर्ने, बिग्रिएका ढलहरु तत्काल मर्मत लगायतका आकस्मिक सेवाहरु अभियानकै रुपमा संचालन गरिने बताइएको छ।  

आम नागरिकका सबैखाले समस्यालाई नगरपालिकाद्वारा तत्काल सम्बोधन हुने भन्दै उक्त अभियान संचालन गरिइएको बताइन्छ।   

नगरपालिकाले नगरबासीका गुनासा सम्बोधन गर्न व्हाट्स एप नम्बर - ९८०७९६७११७ र प्रत्यक्ष फोन सम्पर्कको लागि ९८०७९६७११७ र ९८६१८८९१६८ मा सम्पर्क गर्न सकिने बताइएको छ।

Views: