d

पर्यटन दिवसमा भरतपुरमा महानगरको साइकल यात्रा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

चितवन। ४३औं विश्व पर्यटन दिवसको अवसरमा भरतपुर महानगरले साइकल यात्रा गरेको छ । भरतपुर महानगरको कार्यालयदेखि पर्यटकीय गन्तव्य बीसहजारी तालसम्म साइकल यात्रा भएको उपप्रमुख चित्रसेन अधिकारीले जानकारी दिए । बीसहजारी तालमा साइकल यात्राको समापन भएको थियो । सोही तालमा एक कार्यक्रमको आयोजना गरी लेकसाइट सर्किटको सक्षिप्त चिनारी नामक ब्रोसरको पनि बिमोचन गरिएको थियो ।

२००३ सालमा रामसार सूचीमा सुचिकृत भएको बीसहजारी ताल पर्यटकीय गन्तव्य बनेको छ । यस तालको कूल क्षेत्रफल ५ हजार ७ सय ८१ हेक्टर रहेको छ ।

भरतपुरबाट करिब ९ किलोमिटर अर्थात् बीस हजार फिटको दूरीमा रहेको तालको छेउछाउमा गैँडा, जरायो, चित्तल आदि जनावरहरू सहजै देख्न सकिन्छ । यात्राको समापन कार्यक्रममा भरतपुर महानगरका वडाध्यक्ष, सदस्यहरू, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, उपाध्यक्ष सुमन श्रेष्ठ, पर्यटनविद् डा विश्व सुवेदी, समाजसेवी दिनेशकुमार चुकेलगायतले मन्तव्य दिएका थिए । Image/News: Makalu Khabar

Views: