d

गोकर्णेश्वर नगरपालिकाले शुरु गर्यो औषधि पसलमा अनुगमन 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडाैँ । गोकर्णेश्वर नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र रहेको औषधि पसलहरूकाे अनुगमनमा तीव्रता दिएकाे छ । मंगलबार आज पालिकाको वडा नं. ६ मा रहेको १५ औषधि पसल तथा  क्लिनिकहरूमा अनुगमन गरिएको हाे ।


अनुगमन गर्दा आवश्यक कागजपत्र नभएका ३ वटा औषधि पसल र दुईवटा चस्मा पसल (आँखा क्लिनिक) लाई १५ दिनभित्र आवश्यक कागजपत्र बनाउन समयसीमा दिइएकाे बताइएको छ ।

 अनुगमनमा पालिकाको स्वास्थ्य शाखाका कर्मचारीहरु, वडा सदस्यहरु र नगरप्रहरी बलको उपस्थिती रहेको थियो । अनुगमनमा बन्द गराइएका औषधी पसल तथा क्लिनिकका संचालकहरु आबस्यक कागजपत्र बनाउनको लागी नगरपालिकाको सम्पर्कमा आइसकेको स्वास्थ्य शाखाका प्रमुख हरिप्रसाद उपाध्यायले जानकारी दिए । अनुगमन कार्यक्रम वडा नम्बर ६ का वडाध्यक्ष नवराज लामाको संयोजकतवमा भएको थियो । समाचार / तस्बिर  मकालु खबर।  

Views: