d

रविन्द्र मिश्र राप्रपा प्रवेश, के भन्छन् पशुपति शमशेर राणा?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

राप्रपाका निवर्तनमा अध्यक्ष पशुपति शमशेर राणाले अब पार्टी अध्यक्ष राजेन्द्र लिङ्देल र रवीन्द्र मिश्रले देशमा नयाँ सिराबाट राजनीति गर्ने विश्वास व्यक्त गरेका छन् ।
राप्रपा र रविन्द्र मिश्र समूहबीचको पार्टी एकता घोषणा सभामा बोल्दै राणाले यस्तो भनेका हुन्।  

उनले अबको निर्वाचन देशको भाग्य निर्धारण गर्ने मौका भएकाले सदुपयोग गर्न उनले सर्वसाधारणलाई आग्रह पनि गरे । उनले भने, ‘हामीहरु अरु पार्टी जस्तै बनेर जानु हुँदैन हामीले देशका लागि प्रष्ट भिजन दिन सक्नु पर्छ ।’ राष्ट्रिय प्रजातन्त्र पार्टी तथा रवीन्द्र मिश्र समूहबीच एकता घोषणा कार्यक्रममा उनले लिङ्देन र मिश्रसँगै ८१ वर्षीय आफू पनि लाग्ने बताए । 

Views: