d

बालकोटमा  एमालेको बैठक मध्यरातसम्म, समानुपातिकको बन्दसूची हेरफेर गर्ने अधिकार ओलीलाई

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं : नेकपा (एमाले)को सचिवालयको बैठकले समानुपातिक बन्दसूचीलाई हेरफेर गर्ने निर्णय गरेको छ। अन्तिम बन्दसूची निर्वाचन आयोगमा एमालेले असोज १५ गते भित्र बुझाउने तय भएको छ। सचिवालयको बैठकले बन्दसूची हेरफेरको जिम्मा भने अध्यक्ष केपी शर्मा ओलीलाई  दिएको प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

'समानुपातिक तर्फको प्राथमिक लिष्ट हामीले तयार पारेका थियौं त्यसमा आवश्यक थप घट गर्न अध्यक्षज्यूलाई अधिकार प्रत्यायोजन गरेका छौ,' गुरुङले भने। बैठक ओली निवास बालकोटमा बिहीबार साँझदेखि सुरु भएर अबेर रातिसम्म चलेको थियो। उक्त बैठकमा प्रदेश तथा प्रतिनिधिसभाको उम्मेदवारका बारेमा पनि प्रारम्भिक छलफल भएको छ।

Views: