d

मङ्सिर ४ को निर्वाचनमा राप्रपाको पक्षमा अप्रत्याशित नतिजा आउने छ - लिङ्देन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मंसिर ४ को निर्वाचनमा राप्रपाको पक्षमा अप्रत्याशित नतिजा आउने बताएका छन् ।

राप्रपा झापा द्वारा झापाको झिल्झिले स्थित वाटर किङ्डम पार्कको सभाहलमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष लिङ्देनले यसो भनेका हुन्  ।

 अध्यक्ष लिङ्देनले मंसिर ४ को निर्वाचनले कुशासनको अन्त्य गर्ने ठोकुवा गरे । 

राज्यको बागडोर केहि नेताहरूको कब्जामा राखिएको छ, उनीहरुको चक्रव्युह  तोड्नु आवश्यक छ ।', अध्यक्ष लिङ्देनले भने । 

'रबिन्द मिश्र जीको आगमनले हामी उत्साहित भएका छौँ ।', अध्यक्ष लिङ्देनले भने । 

पार्टीले निर्वाचन लक्षित रणनीतिक योजनाहरु तयार पारेकोले कार्यकर्ताले त्यसमा सकारात्मक रहन आग्रह गरे ।

 नेतृत्व प्रती विश्वास गर्न आग्रह गर्दै अध्यक्ष   लिङ्देनले योग्यता र क्षमता भएका पार्टीका नेता कार्यकर्तालाई पार्टीले उचित जिम्मेवारी पाउने बताए । 

गोलोक गोबर्धन धाम शताक्षीधामका संचालक नन्दकिशोर भारद्वाज महाराजले गुरु मन्त्र उच्चारण गर्दै शुभकामना अर्पण गर्नुभएको थियो । 

केन्द्रिय प्रशिक्षण बिभाग सदस्य खुश्बु ओलीले मतदाताको घरघरमा पुग्दा आफू अत्यन्तै उत्साहित भएको बताइन् । 

 यो निर्वाचनमा आफुले हार्ने सम्भावना नदेखेको भन्दै तालमेल भए पनि नभएपनि आफू आत्मविश्वास साथ चुनावी मैदानमा निस्किएको बताइन् ।  

कांग्रेस र एमालेका नेता कार्यकर्ताले समेत झापा ४ मा आफुलाई मतदान गर्ने ठोकुवा गरे । 

कार्यक्रममा जिल्ला अध्यक्ष केशव प्रसाद ओझाले आसन्न निर्वाचनको शिलशिलामा गरिने चुनावी कार्यक्रम र प्रचारप्रसारको बारेमा बताएका थिए । 

केन्द्रिय सदस्य अम्बर विष्टले आसन्न निर्वाचनको बारेमा चर्चा गर्दै युद्धस्तरमा निर्वाचन प्रचारप्रसारमा लाग्नुपर्ने सुझाव दिएका थिए । 

केन्द्रिय सदस्य तथा शिक्षा बिभाग प्रमुख डा. राजेश गिरिले राजसंस्था र हिन्दु अधिराज्यको आवस्यकता बारेमा चर्चा गर्नुभयो । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले गणतान्त्रिक नेताहरूलाई नैतिकताको पाठ पढाईरहनु भएको भन्दै कांग्रेस, कम्युनिस्टहरुले राज्य व्यवस्था ध्वस्त पारिसकेको धारणा राख्नुभयो । वहाँले आगामी निर्वाचनमा राप्रपालाई नेपाली जनताले अत्याधिक मत दिएर विजयी गराउने विश्वास व्यक्त गरे । 
कार्यक्रममा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका पदाधिकारी तथा सदस्यहरुलाई पदिय प्रमाण पत्र हस्तान्तरण गरिएको थियो।  

कार्यक्रममा वाणिज्य विभाग प्रमुख तथा केन्द्रिय सदस्य लक्ष्मी प्रसाद संग्रौला,  स्वास्थ्य बिभाग केन्द्रिय सदस्य तथा झापा जिल्ला प्रमुख डा  सुर्य नारायण साह, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन प्रदेश इन्चार्ज राजकुमार योङ्या, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन झापा जिल्ला अध्यक्ष राजकुमार राई, उत्पिडित संघ झापा जिल्ला अध्यक्ष गोपाल गजमेर लगायको उपस्थिति रहेको थियो ।

Views: