d

गौरादह नगरपालिका: कस्तो रह्यो १२० दिन?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

गौरादह नगरपालिकाले नियमित त्रैमासिक पत्रकार भेटघाट कार्यक्रम गरेको छ। नयाँ जनप्रतिनिधिले कार्यभार सम्हाले पश्चात भएका नगर गतिविधिहरुको बारेमा जानकारी गराउने उद्देश्यले पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको हो। नगर प्रवक्ता नगेन्द्र भण्डारीले   संचालन गरेको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद भट्टराईले प्रस्तुत गरेको प्रेस नोट माथि पत्रकारले उठाएका जिज्ञासाहरुको जवाफ नगरप्रमुख  प्रमुख छत्रपति सुवेदी र प्र का अ भट्टराईले दिएका थिए।  

४ महिनामा के के भए गतिविधिहरु ? 

आर्थिक पक्ष 
 आ व ०७७ / ०७८ मा महालेखा परिक्षकले देखाएको जम्मा बेरुजु २१ करोड ७० लाख ४ हजार रहेकोमा विगत ४ महिना भित्रमा उक्त वेरुजु घटेर ६ करोड २३ लाख ५२ हजारमा पुर्याएको र यसप्रकारले बेरुजु घटाउने नगरपालिकाको सुचीमा झापा जिल्लाको १५ वटा पालिका मध्ये तेश्रो र नगरपालिका मध्ये पहिलो रहेको दावी गरिएको छ। 

विगत ४ महिनामा रु ७४ लाख ५६ हजार ३ सय १८ आन्तरिक आम्दानी गरेको देखिन्छ।  

दमक नगरपालिकाको बजेट संग तुलनात्मक रुपमा हेर्दा गौरादह न पा को खर्च बढी देखिन्छ नी? भन्ने पत्रकारको जिज्ञासाको जवाफ दिंदै नगर प्रमुख सुवेदीले उपमहानगरको रुपमा स्तर ब्रिद्दि गर्ने तर्फ अग्रसर हुँदै भौतिक रुपमा निपुर्ण रहेको दमक नगरपालिका संग तुलना गर्नु उचित नहुने बताएका छन्।  बजेटको स्वरुप र बजेट प्रणाली अध्ययन नगरी टिप्पणी गर्नु पनि उचित नहुने मेयर सुवेदीको तर्क छ। 

'दमक संग हाम्रो तुलना गर्नु भन्दा पनि शिव सताक्षी र अर्जुनधारा संग तुलना गरेर हेर्ने  हो भने अलि क्लियर होला, हामी घर भाडामा पैसा खर्च गर्न बाध्य छौं तर त्यो समस्या दमकलाई छैन।'

पारिश्रमिकको विषयमा समेत क्लियर हुन आग्रह गर्दै सुवेदी प्रतिप्रश्न गर्छन्, 'के हामीले ऐन कानुनको विपरित रहेर काम गर्नु पर्ने हो ?'

पुँजीगत खर्च बाट रकमान्तर गर्दा १० प्रतिशत भन्दा बढी गर्न मिल्दैन तर साधारण खर्चबाट पुँजीगत खर्च तर्फ रकमान्तर गर्न मिल्छ।  त्यसैले कतिपय अवस्थामा साधारण खर्च तर्फ  केहि बढी बजेट विनियोजन हुनु स्वाभाविकनै हो जुन बजेट निर्माणको सिद्दान्तले समेत अपव्याख्या मान्दैन। बजेट निर्माण गर्दा हरेक विषयमा बढी बजेट राखिएको हुन्छ, त्यसो हुँदैमा खर्च बढी भयो भन्नु उचित हुदैन, खर्च आवश्यकताको आधारमा मात्र न गरिने हो? हामीले रकमान्तर गर्न सकिने आधार सहित बजेट विनियोजन गरेका छौं । 'विधि सम्मत ढंगबाट नगरपालिका चल्छ ।'


आफु नगरप्रमुखको जिम्मेवारीमा आएपछि बैठक भत्तामा समेत एकरुपता आएको मेयर सुवेदीको भनाई छ।  

'मेयर र उपमेयरको भत्ता बढी हुने भन्ने नै हुदैन बैठक भत्तामा एकरुपता छ त्यसमा फजुल खर्च हुन दिदैनौ।' 

हरेक ३ महिनामा पत्रकार सम्मेलन गरेर नगर गतिविधि सार्वजनिक गर्ने विषय नगरपालिकाले आफ्नो नीति  कार्यक्रममै समेटेको पाइन्छ। 

 'हरेक खाले जिज्ञासाको जवाफ हामीले दिने हो, तपाईंहरुको खवरदारीले हामीलाई सच्चिएर हिड्ने अवसर पनि प्राप्त हुन्छ।  तपाईंहरु मार्फत हामी हाम्रा गतिविधि नगरवासी सम्म पुर्याउछौं, हेर्दै जानुहोस गौरादह नगरपालिकाले आर्थिक, सामाजिक रुपमा केहि समयमै निकै बलियो फड्को मार्ने छ।  ४ महिनामै मेयरले एसो उसो गर्यो भन्नु भन्दा पनि अझै ४ वर्ष ८ महिना काम गर्ने समय छ।  अहिले सम्म मैले घुसको नाममा १ पैसा कहीं कतै खाएको भए प्रमाण लिएर आउन चुनौती दिन्छु, घुस खाएको भेटे तत्काल कारवाही गर्नुहोस न म सजायँ भोग्न तयार छु।', सुवेदीले बताए।   

विस्तृतमा हेर्नुहोस 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.


  

Views: